नवलपुरमा स्कुल बसको ठक्करबाट १ जनाको निधन

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
nawalpur accident (1)

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटनास्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट ५ सरस्वती स्कुल चोकस्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कूल चोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कुलको बसले स्कुटरलाई ठक्कर दिएको हो ।

बाल विकास बोर्डिङ स्कुलको ना४ख १०४१ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी स्कुटरमा सवार पर्वत जिल्लाको फलेवास नगरपालिका ४ घर भई हाल भरतपुर महानगरपालिका २६ निवासी ६८ वर्षीय पार्वती पौडेलको घटना स्थलमै मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी गैंडाकोट नगरपालिका ५ निवासी २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएका छन् । उनको उपचारको लागि भरतपुर चितवनतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width