सुनिल उलकलाई सम्पदा संरक्षण सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०८०
sunil ulak

पोखरा । नागरिक समाज कास्कीले संरक्षणकर्मी सुनिल उलकलाई सम्पदा संरक्षण सम्मान २०८० प्रदान गर्ने भएको छ । संस्थापक अध्यक्ष रामबहादुर पौडेल संयोजकत्वमा गठित समितिले उलकलाई सम्मानका लागि सिफारिस गरेका हो ।

पोखराका पुराना धारा, मठ/मन्दिर, पाटी/पौवा, गुम्बा, मस्जिद, चौतारा, पाटन/चौर लगायत बजारका बारेमा अन्वेषण तथा अभिलेखीकरण गर्नुका साथै ऐतिहासिक बालधारा संरक्षण एवं पुनर्निर्माणमा विशेष योगदान पु‍ याएकामा नागरिक समाज कास्कीले उलकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

छनोट समितिमा दुर्गाकुमारी शर्मा, शोभा श्रेष्ठ, सदस्य थिए भने नागरिक समाज कास्कीका संयोजक नरेन्द्र लालचन र प्रवक्ता गोकुलबहादुर कार्की पदेन सदस्य थिए । विश्व सम्पदा दिवसका अवसर पारेर वैशाख ६ गते उलकलाई सम्मान गरिने नागरिक समाज कास्कीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width