सहकारी दिवस विविध कार्यक्रमसहित मनाइँदै

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
sahakari sang blood donations

पोखरा । जिल्ला सहकारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय २० युनिट रगत संकलन भएको छ । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवसअन्तर्गत आइतबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारी स्वनियमन तथा नीति र विधि सम्मतरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा सहकारी समिति अध्यक्ष रविरमण तिवारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बराललगायतले बोलेका थिए ।

राष्ट्रिय सहकारी दिवस मूल आयोजक समिति संयोजक एवं संघ अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छवि लामिछानेले स्वागत र महासचिव दीपक बास्तोलाले सञ्चालन गरेको कार्यक्रम संयोजक एवं संघकी उपाध्यक्ष अम्बिका गौतमले जानकारी दिइन् ।

सहकारी दिवसअन्तर्गत संघले शनिबार साइकल  र्‍याली आयोजना गरेको थियो ।  र्‍यालीमा विभिन्न १८ संघसंस्थाका ५२ जना सहभागी भएको कार्यक्रम संयोजक एवं संघका सञ्चालक धनराज पुरीले बताए । उनका अनुसार संघ कार्यालयबाट सुरु साइकल  र्‍याली बिरौटाचोक, पृथ्वीचोक, अमरसिंह चोक, महेन्द्रपुल, सभागृहचोक, हल्लनचोक, लेकसाइड हुँदै पुनः जिल्ला सहकारी संघकै प्राङ्गणमा आएर समापन भएको थियो ।

कार्यक्रम उद्घाटन मूल आयोजक समिति संयोजक सावित्रा कोइराला र पोखरा सहकारी समिति अध्यक्ष रविरमण तिवारीले गरेका थिए ।

सहकारी दिवसअन्तर्गत २० गते अन्तरक्रिया र दीप प्रज्ज्वलन कार्यक्रम हुने मूल संयोजक कोइरालाले जानकारी दिइन् । अन्तरक्रियाअघि चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सभागृहचोकसम्म प्रभातफेरी कार्यक्रम हुनेछ । यस्तै, सहभागृहमा विभिन्न सहकारीद्वारा उत्पादित सामग्री प्रदर्शनीसमेत हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width