मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
essay writing

पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा ‘आजको सहकारी, उत्पादनमा साझेदारी’ र ‘सहकारी समस्या, चुनौती र समाधान’ शीर्षकमा १६ चैतमा भएको प्रतियोगितामा कक्षा ९ पढ्ने उनी प्रथम भएका हुन् ।

कास्कीमा ९ देखि १२ कक्षासम्म विद्यार्थीबीच भएको प्रतियोगितामा विन्ध्यवासिनी मावि बाटुलेचौरकी बन्दना बिक दोस्रो, भद्रकाली माविकी सविना श्रीपाली तेस्रो र जनचेतना माविका सक्षम बिक सान्त्वना भएको को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) का अध्यक्ष डिल्लीराम बरालले बताए । उनीहरुलाई दिवस अवसरमा मंगलबार पोखरा सभागृहमा हुने एक समारोहबीच नगदसहित पुरस्कृत गरिनेछ । प्रथमले १०, दोस्रोले ७, तेस्रोले ५ र सान्त्वनाले ३ हजार साथमा प्रमाणपत्र पाउनेछन् । शिवालय माविका प्रअ रुपिन्द्र प्रभावी कटु निर्णायक रहेको प्रतियोगिताको संयोजक सविन जिसी थिए ।

यसपालि सहकारी दिवस ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ नाराका साथ मनाइँदैछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width