क्षत्री समाज केन्द्रीय महाधिवेशन दमौलीमा हुने

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
Chhetri Samaj Photo

पोखरा । क्षत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ ।

चैत २५ र २६ गते केन्द्रीय महाधिवेशन गर्न लागेको क्षत्री समाज नेपालले सोमबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ । महाधिवेशनका विभिन्न उपसमितिहरू गठन गरी तयारी थालिएको क्षत्री समाजका नेपालका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले जानकारी दिए । अधिवेशनका लागि करिब ४ सय प्रतिनिधि दमौली पुग्ने उनले बताए ।
महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुतिसहितको ¥याली निकालिने महासचिव केशबहादुर केसीले बताए । दमौलीको खुला मैदानमा उद्घाटन सत्र, बन्द सत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने केसीले बताए ।

समाजका उपाध्यक्ष कृष्ण थापाले विविध विषयमा जानकारी दिँदै महाधिवेशनको आमसञ्चारको माध्यमबाट प्रसारण र प्रकाशनका गरिदिन आग्रह गरे । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरूको साझा संस्थाको रुपमा क्षत्री समाज नेपाल निरन्तर सक्रिय रहँदै आएको छ ।

समाजको स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरू निर्माणअन्तर्गत केन्द्र, विभिन्न समाजहरू प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई क्षत्री समाजले अगाडि बढाइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width