एमाले लमजुङको नवौं जिल्ला निर्वाचनमा पृथ्वीसुब्बा निकट विष्टको प्यानलै विजयी,

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
UML Lamjung New Tim 80

लमजुङ । नेकपा एमाले लमजुङको ९ औं जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनाको अन्तिम परिणाम आएको छ । घोषित निर्वाचन परिणाम अनुसार राजकुमार विष्ट र उनको प्यानल विजयी भएको छ । कुल ८३ पदमा निर्वाचन हुनुपर्नेमा महिला उपसचिव सहित ५८ पद निर्विरोध भएको थियो ।

अध्यक्ष पदमा राजकुमार विष्टले २८८ मत पाई विजयी हुनु हुँदा कृष्णप्रसाद अधिकारीले १९९ मत मात्र पाएका छन् । उपाध्यक्षमा जीतबहादुर गुरुङ २४२ मत ल्याई विजयी हुनु हुँदा सुभास पौडेलले २३७ मत पाई मात्र पाँच मतले पराजित भएका छन् । यसैगरी उपसचिवमा विवश बुढाथोकीले ३४९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी राजेन्द्र अधिकारी १२९ मात्र मत पाएका छन् । विजयी विष्ट लमजुङ गृह जिल्ला भएका एमाले उपमहासचिव पिएस गुरुङको जिल्ला हो । अधिकारी प्यानललाई एमालेका पोलिटब्यूरो सदस्य खगराज अधिकारीको समर्थन थियो ।

सदस्यतर्फको खुला छ पदमा विजयी हुनुहुनेमा सूर्यप्रसाद गुरुङ  ३४७ मत, अर्जुन गुरुङ ३४६ मत, कृष्ण केसी ३३७ मत, पेमा गुरुङ ३२० मत, प्रेम भट्टराई ३०७ मत र शिव जोशी २९७ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक महेन्द्रलाल श्रेष्ठले बताए । सो पदका अन्य प्रत्यासीहरू लोकराज पाण्डे २१९ मत, तिलक भण्डारी १४७, नरबहादुर रिमाल ११७ र असिम अधिकारी १०५ मत पाएका छन् ।

यसैगरी, खुला महिला सदस्यको चार पदमा पाँच जना प्रत्यासी थिए । उनीहरूमध्ये चन्द्रमा घिमिरे ३४०, पदमा गुरुङ ३८१ , शान्ता सापकोटा ३७१  बुनाकुमारी रिमाल ३८९ का साथ विजयी भए।

लमजुङका आठ स्थानीय तह छन् । तीमध्ये सदरमुकाम रहेको बेसीशहर र सुन्दरबजार नगरपालिकाको क्लस्टर सदस्यमा निर्वाचन भयो भने अन्य पालिकामा निर्विरोध भएको थियो । बेसीशहरको ३ सदस्य पदमा ११ जना प्रत्यासी थिए । विजयी हुनेहरुमा जुन तामाङ २६५ मत, मदन राना २२७ र प्रदीप घिमिरे २१८ मत पाइ विजयी हुनुभएको छ । अन्यको मत यस प्रकार रहेको छ– दुर्गाबहादुर बुढाथोकी– १०३, विष्णुप्रसाद पौडेल– ८४, ऋषिकान्त खनाल ८०, सरोज दनाई ४२, सोम तामाङ ९०, भिमबहादुर बस्नेत ३३, यमबहादुर लोहनी– १५, दुर्गा गुरुङ– ८५ मत पाउनु भएको छ । यसैगरी, महिलाको दुई पदका लागि चार जना प्रत्यासी मध्ये कल्पना थापा बोहरा– ३१२ मत, मिना रावल २६९ मत पाई विजयी हुनुभएको छ । अन्य प्रत्यासीले पाएको मतमा सुनिता मिश्र १७७, रजनी रिमाल– ११६ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, सुन्दरबजार नगरपालिकाको क्लस्टरमा ३ सदस्य पदमा आठ जना प्रत्यासी थिए । जसमा मेनबहादुर घले  २७१ मत, कृष्णमान श्रेष्ठ ११० मत, कृष्णप्रसाद अधिकारी– २०९ मत आएर विजयी भए । सो पदका अन्य प्रत्यासीमा खेम गुरुङ १६२, देवराज गुरुङ १५० मत, विमलप्रसाद अधिकारी ११८, रामकृष्ण अधिकारी ११७ मत, र कृष्णप्रसाद आचार्यले ६२ मत पाएका छन् । यसैगरी महिला सदस्यको दुई पदमा चार जना प्रत्यासी थिए । जसमा विमला खड्का २५५ मत र पार्वती अधिकारीले २३९ मत पाई विजयी भएका छन् । सो पदका अन्य प्रत्यासी सोही नगरकी उपमेयर भवानी केसी– २०८ मत, लक्ष्मी पोखरेल– १५९ मत पाई पराजित भए ।

लेखा समितिको सदस्यको एक पदमा मात्र निर्वाचन भएको छ । एक सदस्य पदमा तीन जना प्रत्यासी हुनुहुन्छ । जसमा बलराम घिमिरे १८६ मतका साथ विजयी भए । सो पदका अन्य दुई प्रत्यासीमा क्षेत्रनाथ थपलियाले १३४ मत र सूर्यबहादुर कुँवर ९९ मत पाएको निर्वाचन समितिले जनाएको छ । यो समितिको अन्य पदमा निर्विरोध भइसकेको छ ।
उक्त समितिको उपसचिव९महिला०मा राममाया थापा मगर निर्विरोध निर्वाचित भएकी हुन् ।

यसैगरी, चार जना पत्रकार पनि जिल्ला समितिमा निर्वाचित भएका छन् । जिल्ला सदस्यमा पत्रकार महासंघको निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुईँकेल, महासंघकै निवर्तमान जिल्ला अध्यक्ष आश गुरुङ र रेडियो पत्रकार सरोज विक निर्विरोध निर्वाचित भएका थिए । पत्रकार महासंघको पूर्वजिल्ला अध्यक्ष एवम् बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार समेत रहेका कृष्ण केसी खुला सदस्यमा निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width