गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र: प्रादेशिक अर्थतन्त्र प्राथमिकतामा

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०८०
2nd periodic plan

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७ बाट पञ्चवर्षीय योजना लागु गर्‍यो । राष्ट्रियस्तरमै यस्ता आवधिक योजनाको औचित्यबारेमा प्रश्न उठिरहेका बेला भर्खरै जग हालेको प्रदेशले पनि परम्परालाई निरन्तरता दियो ।

भौतिक पूर्वाधार, जनशक्तिको ठेगान नभएको र तथ्यांक नै प्राप्त नभएका बेलामा पनि प्रदेश नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना बनायो । जसको अवधि यही आर्थिक वर्षमा सकिँदैछ । प्रदेशको पहिलो आवधिक योजनाले तोकेका मध्ये केही लक्ष्य पूरा भए, जुन स्वाभाविक रुपमा प्राप्त हुने खालका थिए । जसमा प्रदेशको कुनै मेहनत जरुरी थिएन र भएन पनि । प्राथमिक र द्वित्तीयभन्दा तृतीय क्षेत्रको आर्थिक वृद्धिदर बढी देखियो । कृषि, उत्पादन र औद्योगिक क्षेत्र उकासिन नसकेका बेला सेवा क्षेत्रको मात्र वृद्धिलाई स्वाभाविक मान्न सकिँदैन । प्रदेशमा विद्युत पहुँच प्राप्त जनसंख्या ९९.५० प्रतिशत र आधारभूत खानेपानीको पहुँच ९२ प्रतिशतमा रहेको तथ्यांक सार्वजनिक भएको छ । तर फिल्डमा हेर्दा त्यस्तो भने देखिँदैन ।

साउन १ गतेबाट दोस्रो पञ्चवर्षीय योजनाको अवधि सुरु हुने भएकाले प्रदेश नीति तथा योजना आयोगले त्यसै अनुसार कार्यतालिका बनाएको थियो । जसअनुसार फागुनसम्ममा प्रदेश विकास परिषदको बैठकमा योजनाको अनुमोदन गर्ने र चैत मसान्तभित्रमा मन्त्रिपरिषदबाट स्वीकृत गराउने गरी आयोगले तालिका सार्वजनिक गरेको थियो । तर संघ र प्रदेशमा फेरिएको राजनीतिक समीकरणले आयोगको तालिकालाई असार पा¥यो । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार रहने कि नरहने निश्चित नभएका बेला आयोगले सोमबार दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गरेको छ । ‘आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी’ को सोचका प्रदेशको दोस्रो पञ्चवर्षीय योजना (२०८१/०८२–२०८५/०८६) को आधारपत्र सार्वजनिक गरिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताए । उनले भने, ‘उक्त सोंच हासिल गर्न उत्पाकत्व बृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएको छ ।’

लक्ष्य प्राप्तिका लागि ३ प्रादेशिक उद्देश्य, ८ समष्टिगत रणनीति र १४ प्राथमिक क्षेत्र पहिचान गरिएको छ । योजना अवधिका लागि सार्वजनिक क्षेत्रबाट ३७ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब, निजी क्षेत्रबाट ५७ प्रतिशत अर्थात् ६ खर्ब ७५ अर्ब र सहकारीबाट ६ प्रतिशत अर्थात् ७२ अर्ब १५ करोड लगानी हुने अनुमान गरिएको उपाध्यक्ष डा. देवकोटाले बताए । यसैगरी आर्थिक वृद्धिदर ८ प्रतिशत, प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पु¥याउने लक्ष्य आवधिक योजनाले लिएको छ । प्राथमिक क्षेत्रको अनुपाल २३, द्वित्तीय क्षेत्रको अनुपात २४ र तृतीय क्षेत्रको अनुपात ५३ पु¥याउने आयोगको लक्ष्य छ ।

प्रदेशमा अहिले ६ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेकामा आवधिक योजनाको अन्त्यसम्म २ हजार मेगावाट पु¥याइने भएको छ । गरिवीको दर ८ प्रतिशतमा झार्ने, रोजगारीमा औपचारिक क्षेत्रको हिस्सा ५५ पु¥याउने गरी आयोगले योजना बनाएको छ ।

पहिलो आवधिक योजनाले तय गरेका गौरवका योजनामध्ये २ वटाले मात्र यसपालि निरन्तरता पाउने भएका छन् । निकै चर्चामा रहेको गण्डकी काउ फार्म छुटेको छ भने पुँडीटार र लौकाहाखोलामा औद्योगिक क्षेत्र बनाउने योजनाले निरन्तरता पाउने भएका छन् ।

पञ्चवर्षीय योजनाको सोंच, लक्ष्य, उद्देश्य तथा रणनीतिलाई सफल बनाउन सुदृढ प्रादेशिक अर्थतन्त्रलाई पहिलो प्राथमिक क्षेत्रमा राखिएको छ । यसैगरी प्रभावकारी आर्थिक नीति तथा स्रोत व्यवस्थापन, व्यावसायिक कृषि तथा आत्मनिर्भरता, दिगो वन व्यवस्थापन, जैविक विविधता तथा जलाधार संरक्षण, बजारमूखी उत्पादन र दीगो पर्यटन पनि प्राथमिक क्षेत्रमा राखिएको छ । प्राथमिक क्षेत्रमा सर्वसुलभ स्वास्थ्य तथा जनसांख्यिक लाभ, शिक्षित, सुसंस्कृत तथा सीपयुक्त मानव पुँजी निर्माण, मर्यादित श्रम, उत्पादनशील रोजगारी तथा सामाजिक संरक्षण, दीगो तथा उत्थानशील पूर्वाधार, स्वच्छ उर्जा, जलस्रोत तथा खानेपानी व्यवस्थापन, सन्तुलित वातावरण र जलबायु तथा विपद् उत्थानशिलता परेका छन । सक्षम महिला, सामाजिक समावेशीकरण तथा समानता, सुदृढ शासन, सेवाप्रवाह र तहगत सम्बन्ध एवं सुसूचित नीति, योजना तथा विकास व्यवस्थापनलाई पनि प्राथमिकता क्षेत्रमा राखिएको छ ।

उपाध्यक्ष देवकोटाले प्रदेश सरकारको लगानीमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना, प्रदेश समुन्नतिका रुपान्तरणकार िकार्यक्रम तथा आयोजना, प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम, प्रदेश र संघ साझेदारी कार्यक्रम, वैदेशिक सहयोगका सञ्चालन हुने कार्यक्रम, सार्वजनिक निजी साझेदारी कार्यक्रम र निजी क्षेत्रको लगानीमा हुने कार्यक्रम तथा आयोजनाको पहिचान पञ्चवर्षीय योजनाले पहिचान गरेको बताए ।

प्रदेश सरकारको लगानीमा सञ्चालन हुने कार्यक्रम तथा आयोजना

१. कोरला–त्रिवेणी सडक विकास आयोजना
२. दरौंदी–चेपे करिडोर कृषि तथा पशुपन्छीजन्य उत्पादन र औद्योगिक विकास आयोजना
३. लोकाहाखोला औद्योगिक क्षेत्र पूर्वाधार विकास आयोजना
४. क्यान्सर, हृदय रोग तथा मृगौला रोग विशिष्टीकृत अस्पताल निर्माण आयोजना
५. एकीकृत प्रदेश तथ्यांक प्रणाली विकास कार्यक्रम
६. विश्वविद्यालय, विद्यालय तथा समुदाय साझेदारी कार्यक्रम
७. गण्डकी प्रविधि तथा नवप्रवर्तनशील शैक्षिक केन्द्र विकास आयोजना
८. प्रमुख टार कृषि तथा सिँचाइ विकास आयोजना
९. नदी जलाशय (नदी बहाव अवरोध संरचना) निर्माण आयोजना
१०. ऐतिहासिक लिगलिगकोट विकास आयोजना
११. स्याउ तथा नयाँ कृषि बाली विशेष कार्यक्रम
१२. नासोङ अर्गानिक कृषि विकास आयोजना
१३. अन्तर्राष्ट्रिय योग तथा ध्यान केन्द्र निर्माण आयोजना
१४. हिमाली तथा उच्च पहाडी ताल संरक्षण विकास आयोजना
१५. धार्मिक तथा ऐतिहासिक मनकामना–गोरखा बारपाक–भच्चेक –दूधपोखरी लिंकमार्ग निर्माण आयोजना

प्रदेश तथा स्थानीय तह साझेदारी कार्यक्रम

१. राउन्ड फेवा तथा भ्यू फेवा विकास आयोजना
२. जलासय तथा कृत्रिम ताल निर्माण आयोजना
३.कृषि तथा पशुपन्छी उत्पादन, विविधीकरण, औद्योगिकीकरण र बजारीकरण कार्यक्रम
४. लिड विद्यालय विकास तथा विस्तार आयोजना
५. त्रिवेणी गजेन्द्र मोक्षधाम वृहत्तर पर्यटकीय क्षेत्र विकास आयोजना
६. एकीकृत बस्ती विकास तथा सम्पदा संरक्षण आयोजना
७. ढोरपाटन क्षेत्र एकीकृत विकास आयोजना
८. चुमनुब्री एकीकृत विकास आयोजना
९. ऐतिहासिक राइनासकोट विकास आयोजना
१०. हनुमतधाम विकास आयोजना
११. फोहोरमैला प्रशोधन तथा स्यानिटरी ल्यान्डफिल साइट निर्माण र स्तरोन्नति आयोजना
१२. नयाँ विषय क्षेत्र (पर्यटन, अतिथि सत्कार, सूचना प्रविधि) मा प्राविधिक शिक्षा विस्तार कार्यक्रम
१३. वैकल्पिक पदमार्ग र पर्यटन पूर्वाधार, सेवा सुविधाको निर्माण, विस्तार तथा स्तरोन्नति आयोजना
१४. नमुना बस्ती विकास तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरण कार्यक्रम
१५. पर्यटकीय गन्तव्य पहुँच विन्दु तथा अन्तरस्थानीय तह जोड्ने सडक तथा पुल निर्माण आयोजना
१६. सरकारी तथा सार्वजनिक सम्पदा तथा जग्गा संरक्षण आयोजना
१७. युवा नवप्रवर्तन तथा उद्यमशीलता विकास कार्यक्रम
१८. आधुनिक टर्मिनल सहितको प्रादेशिक बसपार्क निर्माण आयोजना
१९. भीमसेन थापा स्मृतिपार्क तथा संग्रहालय निर्माण आयोजना

प्रदेश–संघ साझेदारी कार्यक्रम

१. नदी तटीय क्षेत्र– दरौंदी, चेपे, मस्र्याङ्दी, सेती–मादी, काली र आँधीखोला एकीकृत विकास आयोजना
२. विद्यावत सहर विकास आयोजना
३. धौवादी फलाम उत्खनन तथा प्रशोधन आयोजना
४. निर्यातयोग्य वस्तु उत्पादन तथा प्रवद्र्धन कार्यक्रम
५. पालुङटार, कलेस्ती उपत्यका, भोर्लेटार, लेखनाथ र बलेवा सहरी विकास आयोजना
६. व्यास क्षेत्र विकास कोष आयोजना
७. अजिरकोट–सिरानडाँडा–नायवपोखरी एकीकृत विकास आयोजना
८. व्यावसायिक कृषि तथा पशु विकास आयोजना
९. पुंडीटार औद्योगिक क्षेत्र विकास आयोजना
१०. उत्तरगंगा जलाशययुक्त विद्युत् आयोजना
११. कालीगण्डकी सभ्यता संग्रहालय निर्माण तथा सञ्चालन आयोजना
१२. पोखरा चक्रपथ निर्माण आयोजनाका
१३. मोदीवेनी धाम धार्मिक पर्यटकीय क्षेत्र विकास आयोजना
१५. टोड्के पर्यटकीय विकास आयोजना
१४. चापाकोट रामडाँडा पर्यटन विकास आयोजना
१६. ऐतिहासिक लोमान्थाङ सम्पदा क्षेत्र विकास आयोजना
१७. कार्बन व्यापार आयोजना

वैदेशिक सहयोगमा सञ्चालन हुने कार्यक्रम
१. टनेल र अन्य नयाँ प्रविधिमा आधारित द्रुत सडक निर्माण आयोजना
२. विशिष्टीकृत (मुटु, मृगौला र क्यान्सर रोग) प्रदेश अस्पताल
३. पदमार्गको विस्तार, स्तरोन्नति तथा वैकल्पिक पदमार्ग पहिचान, निर्माण र सञ्चालन
४. नयाँ क्षेत्र र विषय क्षेत्र प्राविधिक शिक्षा विस्तार कार्यक्रम
५. योजनाबद्ध, एकीकृत र व्यवस्थित स्याटेलाइट सहर निर्माण आयोजना (पृथ्वी र मध्यपहाडी लोकमार्ग करिडोर)
६. जलवायुमैत्री नमुना बस्ती विकास कार्यक्रम
७. पोखरा लेक टु लेक तथा केभ टु केभ साइकल मार्ग निर्माण आयोजना
८. माइस पर्यटनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण आयोजना
९. ग्रेट माछापुच्छ्रे ट्रेल तथा अन्नपूर्ण आधार शिविर पदमार्ग विकास आयोजना

सार्वजनिक–निजी साझेदारी कार्यक्रम
१. आइसिटी इनोभेसन ल्याब विकास कार्यक्रम
२. कृषि, वन र जडिबुटीजन्य उत्पादन तथा प्रशोधन उद्योग सञ्चालन कार्यक्रम
३. साहसिक पर्यटन पूर्वाधार तथा सुविधा विकास तथा विस्तार आयोजना
४. सुविधा सम्पन्न बस टर्मिनल तथा भेहिकल सर्भिसिङ केन्द्र निर्माण आयोजना
५. बाख्रा तथा भेडा मूल्य शृंखला विकास आयोजना
६. माइस पर्यटन तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र र प्लानेटोरियम आयोजना

निजी क्षेत्रको लगानी सञ्चालन हुने कार्यक्रम तथा आयोजना
१. साहसिक पर्यटन पूर्वाधार विकास तथा विस्तार आयोजना
२. विरेठाँटी–मुक्तिनाथ–केबलकार आयोजना
३. बागलुङ बजार भकुण्डे–भैरवस्थान केबलकार आयोजना
४. पोखरा–पुम्दीकोट केबलकार आयोजना
५. दुलेगौंडा–ढोरबाराही केबलकार आयोजना
६. पोखरा महाप्रभुधाम पर्यटन प्रवद्र्धन आयोजना

Related News

सम्बन्धित समाचार

hero news full width