निशुल्क सिलाइ कटाइ तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
silai katai training

पोखरा । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र पोखरा महानगरपालिका वडा नं १३ को समन्वयमा निशुल्क कटाइ सिलाइ तालिम सुरु भएको छ । पोखरा १३ मा सुरु भएको ३ महिने एडभान्स तालिममा २० जना महिलाको सहभागिता छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । केन्द्र प्रमुख लक्ष्मीभद्र वाग्लेका अनुसार, यस आर्थिक वर्षमा विगतका आर्थिक वर्षमा भन्दा स्थानीय तहमा बढी कार्यक्रम गरिएको जानकारी दिए । उनले आवश्यकतामा आधारित भएर तालिमका कार्यक्रम सञ्चालन गरिएको बताए ।

तालिम उद्घाटन गर्दै पोखरा १३ का वडाध्यक्ष किरण बरालले नागरिकहरु लाभान्वित हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे । कार्यक्रममा वडा सदस्य रजनी परियार, पृथ्वीधर सिग्देल समाजकी सचिव मैया सिग्देल, समाजसेवी नवीन सिग्देल, प्रशिक्षक कृष्ण प्रसाद थापा, मिना थापा लगायतले बोेलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै