कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
423716272_748610023916634_7649164937222904150_n

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० घाइते छन् ।

पोखराबाट अन्नपूर्ण गाउँपालिका वडा ४, भदौरे देउराली जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप आइतबार दिउँसो करिब ४ बजे दुर्घटना भएको हो । सशस्त्र प्रहरी बल कालिकागणका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो । उनीहरुको पहिचान खुलेको छैन । घाइतेको उद्धार गरी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

जिप भदौरे देउराली नजिकै पुग्न लाग्दा थामडाँडा घुम्तीबाट करिब २ सय मिटर तल खसेर टुक्राटुक्रा भएको छ ।

तस्बिरः भानु पराजुली

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width