कर्मचारीको निधनपछि पोखरा महानगरमा आज १ बजेपछि काम नहुने

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०८०
Pokhara metro

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १९ का कर्मचारी विमल गिरीको निधनमा आज आइतबार पोखरा महानगर पालिका, वडा कार्यालहरु र अन्तर्गतका महाशाखा, शाखाहरु आधा दिन बिदा हुने भएको छ ।

महानगरपालिकाले आइतबार सूचना जारी गरी वडा नम्बर १९ को कार्यालय भने आज दिनभर बन्द रहने जानकारी गराएको छ ।

सूचनामा भनिएको छ, ‘यस पोखरा महानगरपालिका वडा नम्बर १९ मा कार्यरत कर्मचारी विमल गिरीको ५७ वर्षको उमेरमा मिति २०८० चैत १८ गते बिहान ९ः३० बजे भएको असामयिक निधनका कारण उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न २०८० चैत १८ गते दिनको १ बजे श्रद्धाञ्जली सभा गरी महानगरपालिका र अन्तर्गतका सम्पूर्ण महाशाखा/वडा र शाखा कार्यालयहरु आधा दिन र वडा नम्बर १९ को कार्यालय पूरै दिन बन्द गरिने व्यहोरा नगर प्रमुखज्यूस्तरीय निर्णयानुसार यो सूचना जारी गरिएको छ ।’

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width