अटिजम बालबालिकालाई समावेशी शिक्षामा जोड

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
Autism Photo

पोखरा । अटिजम केयर सोसाइटी गण्डकी आयोजना र सामाजिक तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश सहयोगमा शनिबार अटिजम बालबालिकालाई समावेशी शिक्षा सम्बन्धी अन्तरक्रिया भएको छ ।

अटिजम क्षेत्रमा कार्यरत सरोकारवाला संस्थाका प्रतिनिधिले भाग लिएको अन्तक्र्रियामा वक्ताले अटिजम मस्तिष्क बनावटक्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या भएकाले यसबाट पीडित बालबालिकाका लागि समावेशी शिक्षा हुनुपर्नेमा जोड दिए । ती बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुने भएकाले सबैभन्दा पहिले परिवार नै सजग हुनुपर्नेमा उनीहरुको जोड थियो । त्यसपछि संघसंस्था, विद्यालय हुँदै सरकारले पनि यसमा ध्यान दिनुपर्ने उनीहरुले बताए ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले हरेक अपांगता भएकाहरुका लागि गण्डकी प्रदेशले जति गर्नुपर्ने हो, त्यति गर्न नसके पनि सुरुआत गरेको बताए । ‘अटिजमबारे अझै सबैलाई थाहा छैन, यसबारे सबैभन्दा पहिले परिवार नै जानकार हुनुपर्छ,’ उनले भने, ‘सरकारले पनि विस्तारै यसको बारेमा बुझ्दैछ । आगामी दिनमा अटिजम निराकरणका लागि के गर्न सकिन्छ । यसबारे छलफल गरी योजना बनाउँछौं ।’ अटिजम भएकाहरुलाई समावेशी शिक्षाका लागि सरकार प्रतिवद्ध रहेको उनले बताए ।

प्रदेश नीति तथा योजना आयोग सदस्य अन्चला चौधरीले अपांगताको क्षेत्रमा नीति रहे पनि बजेट कम रहेको सुनाइन् । प्रदेशले बनाउँदै गरेको दोस्रो पञ्चवर्षीय योजनामा अटिजम समावेशी शिक्षाका लागि योजना पार्ने उनले बताइन् । ‘प्रदेश सरकारले बनाउँदै गरेको दोस्रो पञ्चवर्षीय योजनामा अटिजमबारे उल्लेख गर्छौं,’ उनले भनिन्, ‘यसबाहेक पनि हामीसँग भएको म्यानपावर प्रयोग गरेर अटिजम समावेशी शिक्षामा आजैदेखि लाग्नुपर्ने हुन्छ ।’

पोखरा महानगगरपालिका सामाजिक विकास महाशाखाकी बालकल्याण अधिकारी विष्णुमाया पौडेलले सरकार र संघसंस्था मिलेर समावेशी शिक्षाका लागि हातेमालो गर्नुपर्ने बताइन् । महानगरले अपांगता भएकाहरुका प्रोफाइल बनाइरहेकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउँदा सहज हुने उनको भनाइ थियो ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले नेपाल सरकारको प्राथमिकतामा शिक्षा नभएको टिप्पणी गरे । आममानिसले शिक्षाको राम्रोसँग उपयोग गर्न नसकिरहेको अवस्थामा अपांगता भएकाहरुका लागि समावेशी शिक्षा कल्पनाभन्दा बाहिरको विषय रहेको उनको भनाइ थियो ।

डा. एलिना त्रिपाठीले आफ्नो बच्चामा पनि अटिजम रहेकाले नआत्तिन आग्रह गरिन् । बच्चामा अटिजमको लक्षण देखा परे यसको थेरापीमा ध्यान दिन उनको सुझाव थियो । थेरापी खर्चिलो भएकाले यसमा राज्यले लागनी गर्नुपर्ने उनको भनाइ थियो ।

अटिजम केयर सोसाइटी गण्डकी अध्यक्ष मुकुन्द लम्सालले अटिजम बालबालिकाको समावेशी शिक्षासम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उनका अनुसार नेपालमा करिब २५ हजार जनामा अटिजम छ । ‘२०७८ को जनगणनामार्फत ६७ हजार ५ सय जनामा सर्वेक्षण गर्दा ४ हजार ८ सय ८६ जनामा अटिजम देखिएको छ,’ लम्सालले भने, ‘यही आधारमा ३ करोड जनसंख्याकै समग्रता हेर्दा करिब २५ हजारमा अटिजम भएको अनुमान गर्न सकिन्छ ।’

अटिजम केयर सोसाइटी गण्डकीका अनुसार प्रदेशमा २०७६ यता १ हजार ५० जनामा अटिजम समस्या छ । २०८० सालमा २ सय ४५ जनामा अटिजम भएको संस्थासँग तथ्यांक छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width