पोखरा १३ का ग्रामीण भेगका नागरिकको स्वास्थ्य बिमा

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
Pokhara 13 health insurance

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बिमा गरेको हो । शनिबार वडाले विजयपुर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बिमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गराइएको हो । बिमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए ।

आफू भाषणभन्दा पनि काममा विश्वास राख्ने भएकाले वडा १३ का नागरिकको सुखदुखमा सदैव साथमा रहेको उनले बताए । ‘भाषण होइन काममा विश्वास राख्ने गर्छु । सहरका नागरिकले स्वास्थ्य बिमा गराइराख्दा गाउँका नागरिक यसबाट वञ्चित हुनुहुँदैन भन्ने लाग्यो । फलस्वरुप वडाले आज गाउँका स्थानीयको स्वास्थ्य बिमा गराएको हो । आशा छ निशुल्क स्वास्थ्य बिमाबाट नागरिकलाई लाभ मिल्नेछ,’ उनले भने ।

बरालले आफ्नो कार्यकालसम्म गाउँको बाँकी भौतिक विकास गर्दै जाने प्रतिबद्धता समेत गरेका छन् । ‘गाउँमा आइराख्दा थोरै समस्या बाटोघाटोको देखे । मेरो कार्यकालसम्म उक्त बाटोघाटोको समस्याको पनि समाधान गर्नेछु,’ उनले भने । भौतिकसँगै मानवीय विकासमा समेत वडा सक्रिय रहेको उनले बताए । सीपमूलक तालिम सिकाइ वडामा भएका नागरिकलाई रोजगार दिलाउने बाटोमा समेत अग्रसर रहेको भनाइ उनको छ । शिक्षाको क्षेत्रमा समेत वडाले लगानी गरिरहेको छ ।

नेपाली कांग्रेस वडा नं. १३ का इकाई सभापति माधवप्रसाद सिग्देलले वडाको नयाँ अभियानमा स्थानीयले समेत सरकारलाई सहयोग गर्नुपर्ने बताए । उनले वडाले गाउँका नागरिकको निशुल्क स्वास्थ्य बिमा गराएर उदाहरणीय बनेको बताए । गाउँका मान्छे गाउँमै बस्ने वातावरण मिलाउनेतर्फ पनि सोच्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

स्थानीय टोल विकास समितिकी उपाध्यक्ष धनकुमारी गुरुङले पोखरा १३ वडाध्यक्षको मात्रै नभई सबैको भएको उल्लेख गरिन् । उनले विकासका काममा वडाध्यक्षलाई स्थानीयले समेत साथ दिनुपर्ने बताइन् । गाउँका मान्छेको स्वास्थ्य बिमा गराएर वडाले सह्रानीय काम गरेको भनाई उनको छ ।

स्थानीय पोखरी स्वाँराका भीमबहादुर दमैले वडाले गाउँमा नै आएर निशुल्क स्वास्थ्य बिमा उपलब्ध गराएकोमा खुशी लागेको बताए । “वडाले गाउँमा नै आएर यसरी निशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउँदा खुसी लागेको छ । सिंहदरबार गाउँमा नै आएको आभाष भएको छ । वडाध्यक्ष लगायत पोखरा १३ का जनप्रतिनिधिलाई धेरै धन्यवाद्,’ उनले भने ।

पोखरी स्वाराकै सरस्वती घले पनि निशुल्क स्वास्थ्य बिमा कार्ड पाएर खुसी छिन् । अब उनको स्वास्थ्य उपचारका लागि कुनै खर्च लाग्नेछैन । वडाध्यक्ष गाउँमा नै पुगेर निशुल्क स्वास्थ्य कार्ड उपलब्ध गराउँदा खुसी लागेको उनले सुनाइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width