पोखरा । रामबजारस्थित श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समूहको १४औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशन बिहीबार भएको छ । अधिवेशनले श्रीकृष्ण मन्दिर सञ्चालक समितिमा विश्व तण्डुकारलाई अध्यक्षमा निर्वाचित गरेको छ । उपाध्यक्षमा प्रितम गुरुङ, सचिवमा उत्तम गुरुङ, कोषाध्यक्षमा जयन्द्रकुमार राजभण्डारी, सहसचिवमा क्या. दानबहादुर गुरुङ निर्वाचित भए ।
यसैगरी सदस्यमा कमला गुरुङ, विकास गुरुङ, सोना गुरुङ, अर्जुन तण्डुकार, सु. भिमबहादुर गुरुङ र इन्द्र गिरी चयन भए ।
यसैगरी श्रीकृष्ण मन्दिर आमा समूह अध्यक्षमा कमला गुरुङ चयन भएकी छन् । उपाध्यक्षमा गंगा हिताङ, सचिवमा माया गुरुङ, कोषाध्यक्षमा देवु थापा, सह–सचिवमा सुशीला थापा चयन भए । सदस्यमा लक्ष्मी हिताङ, तारा कार्की, डिलमाया गुरुङ, सरीता राना, विष्णु बस्नेत चयन भए । मन्दिर सञ्चालक समितिका निवर्तमान् अध्यक्ष ज्ञानबहादुर थापालाई प्रमुख अतिथि मनवीर गुरुङ ढासा र संरक्षक गणेशकुमार प्रधानले सम्मानपत्र र खादा प्रदान गरी धन्यवाद ज्ञापन गरे । नवगठित कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई मन्दिरका मानार्थ सदस्य, महेश गुरुङ, सल्लाहकार श्रीपति शर्मा, रुपक गुरुङ, हेमबहादुर गुरुङ, डिलमाया गुरुङ, शकुन्तला प्रधान र मनसुवा गुरुङ लगायतले बधाई ज्ञापन गरे ।
अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मनवीर गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो ।
पोखरा महानगर वडा नम्बर १० र १५ का वडा अध्यक्षहरु क्रमशः राजेश गुरुङ र तोरणबहादुर बानियाँ, धार्मिक व्यक्तित्व रवीन्द्र माकाजु, समितिका मानार्थ सदस्य महेश गुरुङ र रामबजार सोसाइटी युकेका सल्लाहकार डा. चन्द्रबहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
मन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञानबहादुर थापा र आमा समूहकी अध्यक्ष कमला गुरुङको संयुक्त अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा आमा समूहका सदस्यहरु र स्थानीय कलाकारहरुद्वारा प्रस्तुत आकर्षक नृत्य प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा तीन जनालाई समितिको आजीवन सदस्यको प्रमाणपत्र पनि प्रदान गरियो । उक्त समारोहमा समितिका प्रथम उपाध्यक्ष विश्व तण्डुकारले स्वागत मन्तव्य र द्वितीय उपाध्यक्ष प्रितम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१