‘उपभोक्तालाई खानेपानीको प्रभावकारी सेवा देऊ ’

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
nwsc pkr news ph (1)

पोखरा । नेपाल खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख ई. आशीष कार्कीले खानेपानी संस्थान पोखराले प्रभावकारी सेवा दिइरहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३५ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्दै उपभोक्ताको सेवामा हरतरहले सेवारत रहन आग्रह गरे । कार्यालय प्रमुख कार्कीले सिनियर मिटर रिडर विमल तिम्सिना, हेभी ड्राइभर रुद्रप्रसाद शर्मा, ल्याबब्वाई सिमाना केसी, जुनियर प्लम्बर श्रीकृष्ण बास्तोला, मिटर रिडर सनिज श्रेष्ठ, कार्यालय सहयोगी बलबहादुर थापा, शंकर भुजेल, सुरेश शाही, गोविन्द अधिकारी र समीर शाहीलाई नगद १ हजारसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

पोखरा शाखाबाट अवकाश भएका कर्मचारी कृष्णप्रसाद पौडेल, शंकरप्रसाद कोइराला र मुकुन्दनाथ बिडारीलाई खादा र कदरपत्र प्रदान गर्दै दीर्घ जीवन, क्रियाशील र स्वस्थ शरीरको अपेक्षा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए । खानेपानी संस्थानले कार्यरत कर्मचारीका उत्कृष्ट अंक प्राप्त गर्ने छोराछोरीमध्ये कार्यालय सहयोगी पदमा कार्यरत रमेश अधिकारीको छोरी मिना अधिकारीलाई नगद ५ हजारसहित प्रमाणपत्रले सम्मान गरेका थिए । फागुन १५ गते प्रधान कार्यालयबाट घोषणा गरेपछि प्राप्त नगद र प्रमाणपत्रले कर्मचारीलाई पुरस्कृत गरिँदै आएको कार्यक्रम सञ्चालक कर्मचारी केदार धमलाले जानकारी दिए । पुरस्कार वितरण सभा समापन गर्दै कार्यालय प्रमुख कार्कीले पोखराको भू–बनोटलाई ध्यान दिँदै पानी वितरणमा सामान्य समस्या आएको बताएका थिए ।

पोखरेली उपभोक्तालाई सभ्य र सचेत रहन आग्रह गर्दै फिल्डमा खटिने कर्मचारीलाई मैत्री भावले हेर्न प्रमुख कार्कीले अनुरोध गरे । पुरस्कारको संख्या कम हुने भएकाले सवै कर्मचारीलाई दिन नसकिने बताएका कार्कीले राम्रो काम गर्ने कर्मचारीलाई आज नभए पनि भोलिका दिनमा पुरस्कारको भागीदार हुने बताए । पोखरा शाखामा धमिलो पानीको समस्या करिव समाधान भईसकेको उल्लेख गर्दै प्रमुख कार्कीले बढ्दो पोखराको जनघनत्वलाई ध्यान दिन संस्थानले तेस्रो मर्दीको योजनालाई अघि सारिने बताए । सिंगो महानगरलाई सेवा दिन तयार रहेको संस्थानले मर्दीसँगै कालीखोला र भोटीखोलाको पानीलाई शुद्धीकरण गर्ने योजना सुरु भएको बताए ।

पुरस्कार वितरण कार्यक्रममा लेखा प्रमुख पुष्पराज जोशी, प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मी र शिवराज भण्डारी, विन्ध्यवासिनी इकाई प्रमुख प्रकाश सिलवाल, सब–इन्जिनियर लक्ष्मण पाण्डे लगायतले अबिर र पुष्पगुच्छाले कर्मचारीलाई हौसला प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width