पामेमा बृहत् स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
Lions newss

पोखरा । लायन्स अन्तर्राष्ट्रिय ३२५ जे अन्तर्गत जोन २२ का लायन्स वृन्दावन, लायन्स व्युटिसिटी, लायन्स दर्शनको आयोजना र मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोगमा पामे आधारभूत विद्यालयमा बृहत् स्वास्थ्य शिविर भएको छ ।

कार्यक्रममा २ सय २० जना व्यक्तिहरुले निशुल्क आँखा जाँच, प्रेसर जाँच, मधुमेह जाँच र विविध स्वास्थ्य जाँच गरी निशुल्क रूपमा औषधी वितरण गरियो ।

पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आयोजक क्लबहरुलाई बधाई ज्ञापन गर्दै यस्ता कार्यक्रममा वडाले पनि सहयोग गरिरहेको र आवश्यक सहयोग गर्ने धारणा राखे । कार्यक्रममा रिजन चियर पर्सन तथा ३२५ जे का २०२४/२५ का छनोट गरिएका कोषाध्यक्ष लायन कल्पना थापाले आफूहरू संलग्न क्लब तथा आफूले जन्माएका क्लबहरुले समुदायप्रति देखाएको सेवा भावलाई धन्यवाद दिँदै क्लबहरुको श्रीवृद्धिमा जुट्न सम्पूर्ण लायन लिडरहरूलाई आह्वान गरे ।

कार्यक्रममा मणिपालका प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले पोखरा २४ मा समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्न क्लबहरुले दिएको अवसरलाई स्वीकार गरी ४ जना डाक्टरहरू, ३ जना नर्सहरू र ३ जना अन्य साथीहरुलाई दिनभर स्वास्थ्य सेवामा खट्न अनुरोध गरेका थिए । साथै क्लबहरुले समझदारी गरेमा १५–२० प्रतिशतसम्म र मणिपाल शिक्षण अस्पतालका डाक्टरहरूले शिविरको बेला भएको सिफारिसमा १५–२० प्रतिशत छुट दिई सेवा दिनमा वचनबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजन जोन चियर लायन सवि शेरचनले गरेकी थिइन् । स्वागत मन्तव्य लायन्स पोखरा दर्शनका अध्यक्ष लक्ष्मी भण्डारीले गरिन् । राष्ट्रिय झण्डाको अभिवादन लायन्स पोखरा व्युटिसिटीका अध्यक्ष लायन दुर्गा मर्सानीले गरेकी थिइन् ।

लायन्स क्लब अफ पोखरा वृन्दावनका अध्यक्ष अग्निधर त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लायन्स पोखरा वृन्दावनका सचिव कृष्णप्रसाद त्रिपाठीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width