आर्थिक मन्दीले व्यवसायी पलायन

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०८०
pcci (2)

पोखरा । सुस्ताउँदो अर्थतन्त्र गति दिन निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा यस क्षेत्रका अगुवा सहमत भएका छन् । राजनीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि सम्भव नहुने भएकाले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्न व्यवसायीले सरकारसँग आग्रह गरे । पछिल्लो समय सरकारबाटै निजी क्षेत्रको मानमर्दन हुनेखालका गतिविधि भएकोमा उनीहरुले चिन्ता पनि जाहेर गरे ।

पोखराको पर्यटन प्रवद्र्धन, निजी क्षेत्रको साझा एजेण्डा निर्माण तथा सहकार्यको उद्देश्यसहित पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले चैत ८ देखि १४ नेपालका विभिन्न उद्योग वाणिज्य संघहरुमै पुगेर गरेको अन्तरक्र्रिया यस्तो निष्कर्ष निस्केको हो ।

भक्तपुर, धुलिखेल, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, उदयपुरको कटारी र त्रियुगा, धरान, बिर्तामोड उद्योग वाणिज्य संघ, इलाम, पाँचथर, तेह्रथुम, महोत्तरीको बर्दीबास तथा मकवानपुरको मकवानपुर उद्योग वाणिज्य संघको भ्रमण गरेको थियो । ‘हामीले भक्तपुरदेखि दोलखा, मधेश र पूर्वी पहाडी जिल्लाका व्यवसायीहरुसँग छलफल ग¥यौं, देशैभरका व्यवसायीहरु यतिबेला निराश रहेको पायौं,’ पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष प्रजापतिले भने ।

पुराना सहरमा व्यापार नै सुस्त हुँदा व्यवसायीको पलायन दर बढेको एवं नयाँ नगरपालिकामा रहेका व्यवसायीहरुमा पनि करलगायतका समस्याका कारण थप लगानी गरौं भन्ने भावना जाग्न नसकेको अनुभव पनि अध्यक्ष प्रजापतिले सुनाए । उनका अनुसार देशभर सडक सञ्जाल बिस्तार हुँदा नयाँ सम्भावनाको ढोका भने खुलेको छ । ‘पूर्वका गाउँगाउँमा मोटर बाटो पुगेको छ । त्यहाँ उत्पादित बस्तुहरु मुख्य सहरमा ल्याउन सकिने अवस्था छ तर गाउँमै पनि उत्पादन घटेको र भएका उत्पादनहरुको पनि बजारीकरणमा समस्या रहेको हामीले अनुभव ग¥यौं,’ उनले भने, ‘सरकारले निजी क्षेत्रसँग सहकार्यको हात बढायो भने गाउँमा उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने तथा आत्मनिर्भर अर्थतन्त्रको दिशामा अगाडि बढ्ने सम्भावना चाहिँ देखिएको छ ।’ उनले उद्योगी/व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका कामप्रति सवैजसो क्षेत्रका व्यवसायीहरुले असन्तुष्टि जनाएको बताउँदै त्यो असन्तुष्टि संवोधनको लागि महासंघलाई घच्घच्याउने र त्यसको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले लिने पनि बताए ।

व्यवसायीहरुको साझा एजेण्डा बनाउँदै पोखरा उद्योग वाणिज्य संघ

भ्रमण दलका संयोजक संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले भमणले पोखरा प्रवद्र्धनमा ठूलो भूमिका खेलेको र आउँदा दिनमा त्यसको प्रतिफल पाइने जिकिर गरे । ‘हामीले पोखराको प्रवद्र्धनका लागि कुनै कसर बाँकी राखेका छैनौं । उद्योगी व्यवसायीबीच नेटवर्क बिस्तार गर्दै सहकार्यको सहमति पनि बनेको छ,’ उनले भने, ‘तर, पोखरा आउने राजमार्गको दुरावस्थाप्रति साथीहरु चिन्ता जाहेर गर्नुभएको छ ।

राजमार्गको स्तरोन्नति छिटो हुनुपर्‍यो, पोखराबाट देशका विभिन्न सहरमा हवाइ उडान सुनिश्चित गर्नुपर्‍यो ।’ उनका अनुसार पछिल्लो समय पालिकाहरुले निजी क्षेत्रसँग सहकार्य गर्न अनिच्छुक देखिएको र प्रोत्साहनको सट्टा कसरी बढी राजस्व संकलन गर्ने भन्नेतर्फ लाग्दा पनि व्यावसायिक वातावरण बन्न नसकेको निष्कर्ष पनि व्यवसायीहरुको रहेको छ ।

उपाध्यक्ष देवेन्द्र केसीले अन्तक्र्रियामा नेपालका सबैजसो जिल्लाका उद्योगी/व्यवसायीहरुले बैंकको चर्को व्याजदर, उत्पादनमूलक क्षेत्रको लागि सहुलियतपूर्ण करको दर निर्धारण नगरिएको एवं लगानीको सुरक्षाको ग्यारेन्टीप्रति सरकार उदासिन रहेको गुनासो गरेको बताए । ‘निजी क्षेत्रले निराशा व्यक्त गरेको छ तर हरेस खाएको छैन, तीन तहका सरकारले गतिलो नीति ल्याउने हो भने व्यवसायीहरुले थप लगानी गर्न तयार भएको हामीले पायौं,’ उनले भने, ‘सहकार्यको लागि पनि यो भ्रमण फलदायी भएको भएको छ ।’ अध्यक्ष प्रजापतिको नेतृत्वमा रहेको भ्रमण दलमा वरिष्ठ उपाध्यक्ष तथा भ्रमण संयोजक गोकर्ण कार्की, उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य, उपमहासचिव शोभा गौतम, सदस्य प्रभा सुवेदी, सुदीप प्रधानांग, मनोज श्रेष्ठ, लीलधर चपाईं र प्रदीप राजभण्डारी सहभागी रहेको संघका महासचिव बलराम आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width