गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
Gandaki Cabinet building

पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ ।

संघीय सरकारलेभन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय चैत ९ गतेको मन्त्रिपरिषद बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सरकारले बिदाको सूचना राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

चैते दशैंका दिन वैशाख ४ गते, भानुजयन्तिका दिन असार २९ गते र कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय भएको राजपत्रमा उल्लेख गरिएको छ ।

अघिल्ला २ वर्ष प्रदेश सरकार स्थापना दिवसका दिन फागुन ४ मा दिँदै आएको बिदा भने यसपालि कटौती गरिएको छ ।

गण्डकी प्रदेशमा रहेका संघीय सरकारका कार्यालय समेतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा लागु हुने सचिव तीर्थराज भट्टराईद्वारा जारी सूचनामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width