गण्डकीले ल्यायो स्वास्थ्य तालिम रणनीति

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
health-training-strategy-1

पोखरा । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका तालिमलाई व्यवस्थित, योजनावद्ध र प्रभावकारी बनाउन रणनीति तयार गरिएको छ । फागुन २३ गतेको गण्डकीको मन्त्रिपरिषद् बैठकले यो रणनीति स्वीकृत गरिसकेको छ ।

स्वास्थ्य तालिम केन्द्र पोखराले मंगलबार आयोजना गरेको कार्यक्रमा गण्डकी प्रदेश स्वास्थ्य रणनीति (२०८०–२०८७) स्वास्थ्य तथा सामाजिक विकास मन्त्री महेन्द्रध्वज जिसीले सार्वजनिक गरे । यसमा ७ रणनीति, १२ कार्यनीति र ७१ कार्यक्रम छन् ।

तालिम केन्द्रका निमित्त महानिर्देशक एवं प्रदेश स्वास्थ्य रणनीति मस्यौदा तर्जुमा कार्यदलका संयोजक रमेशप्रसाद अधिकारीले दक्ष जनशक्ति तयार गर्न पर्याप्त लगानी र अनुसन्धानमा आधारित तालिम हुनुपर्ने मान्यतामा रणनीति बनेको जनाए ।

स्वास्थ्यका तालिमलाई गुणस्तरीय बनाउन आइएसओ प्रमाणीकरण गर्नेतर्फ प्रक्रिया पनि थालिएको उनको भनाइ छ । ७ वर्षे रणनीतिमा कार्यक्रमहरुको क्यालेन्डर बनाएर निजी क्षेत्र र स्थानीय तहका स्वास्थ्यका जनशक्तिलाई समेत समावेश गर्ने उल्लेख छ ।

गण्डकी प्रदेश सरकार मातहत १२ अस्पताल छन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री जिसी तालिमका लागि तालिम र दोहोरोपनालाई रोक्न आग्रह गर्छन् । पहुँचका आधारमा तालिममा सहभागितालाई रोक्नैपर्ने जनाउँदै उनी त्यसलाई पद्धतिले मात्र रोक्न सक्ने सुझाउँछन् । भन्छन्, ‘हामी राजनीतिज्ञ त स्वर्ग जाने सिफारिस कसैले मागे पनि दिइहाल्छौं, तर तालिमका प्रावधान, यसको रेकर्ड आदिले सहभागी छनोटका मापदण्ड बनाएर कडाइ गर्नुपर्छ ।’

जनअपेक्षाअनुसार स्वास्थ्य सेवा दिन जनशक्ति दक्ष र अद्यावधिक हुनुपर्नेमा उनको जोड छ । स्वास्थ्य क्षेत्रका जनशक्ति दक्ष र अपडेटेड नहुँदा अनेक समस्या आउन सक्ने जनाउँदै नेपालमा पहिलो पटक प्रदेश सरकारले स्वास्थ्य तालिमका लागि बनाएको रणनीति लागु हुने गरी काम गर्न निर्देशन दिए ।

सरकार परिवर्तन भए पनि जनस्वास्थ्यको सवाल उही रहने भन्दै उनले यसका लागि आवश्यक स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिवद्धता गरे । स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले स्वास्थ्य क्षेत्रमा गण्डकी नमुना बनेको जनाउँदै त्यसलाई कायम राख्ने गरी कार्यान्वयनमा लाग्न आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width