दुर्लभ पाटेबाघ सहजै देख्न पाइने !

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
bharatpur

चितवन । भरतपुरमा दुर्लभ मानिएको पाटेबाघ सहजै देख्न पाइने भएको छ । बुधबारदेखि भरतपुर ६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पाटेबाघ नजिकैबाट देख्न पाइने गरी व्यवस्थापन गरिएको छ ।

बाघलाई केन्द्रको परिसरमा रहेका मचानबाट हेर्न मिल्ने गरी पाटे बाघ राखिएको छ । थोरै समयमा बाघ हेर्न चाहने पर्यटकका खुसीको विषय हो । केन्द्रमा उद्धार गरी राखिएका दुई भाले ‘नरभक्षी बाघ’ हुन् । केन्द्र भरतपुरको पर्यटनको मुख्य आकर्षण बन्न सक्छ । भरतपुर भ्रमण वर्षको अवसर पारेर महानगरले नयाँ गन्तव्यका रुपमा दियालो बंगला र उद्धार केन्द्र सर्वसाधारणलाई खुला गरिएको हो ।

टिकौली ढाटबाट बीस हजारी ताल जाने सडक हुँदै करिब ९ किमी दक्षिणतर्फ केन्द्र पर्छ । वन्यजन्तु उद्धार केन्द्रको बुधबार भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । प्रमुख दाहालले भरतपुरको पर्यटनलाई दिगो बनाउन केन्द्रले सहयोग पु¥याउने बताइन् । ‘यो उद्धार केन्द्रले पर्यापर्यटनको विकास गर्न सघाउनेछ । यसको व्यवस्थापनमा महानगरले हातेमालो गर्छ,’ उनले भनिन्, ‘निकुञ्जलाई थुनेर राख्दा आहारा व्यवस्थापनमा गाह्रो भइरहेको थियो । अब टिकट शुल्क लिएर पर्यटकलाई हेर्ने व्यवस्था मिलाएपछि त्यो समस्या हुँदैन ।’

केन्द्र भरतपुरको पर्यटनको मुख्य आकर्षण बन्न सक्छ । केन्द्रमा उद्धार गरी राखिएका २ भाले ‘नरभक्षी बाघ’ हुन्

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले समस्याग्रस्त भनेर उद्धार गरिएका दुई वटा बाघहरू यहाँ राखिएको जानकारी दिए । ती बाघ बाँके राष्ट्रिय निकुञ्ज र चितवनको बेसहर मध्यवर्ती सामुदायिक वनबाट नियन्त्रणमा लिइएको हो ।

हाल ८ वर्षको भाले बाघलाई बाँकेको राप्ती पीडित सामुदायिक वनबाट २०७८ साल फागुन १८ गते नियन्त्रणमा लिइएर चितवन ल्याइएको थियो । अर्काे भाले बाघलाई २०७७ असोज १२ गते नियन्त्रणमा लिइएको थियो । बाघहरू अहिले अन्दाजी १४ वर्षका छन् ।

‘मान्छेमाथि आक्रमण गरेर समस्या निम्त्याएका बाघहरू नियन्त्रणमा लिएर निकुञ्जका खोरहरूमा थुन्ने गरिएको थियो । तर उनीहरूलाई खुवाएर पाल्न बजेटको समस्या हुँदै आएको थियो,’ तिवारीले भने, ‘निश्चित शुल्क लिएर पर्यटकका लागि खुल्ला गर्दा खानाको समस्या हुँदैन । भरतपुर भ्रमण वर्षका लागि पनि टेवा पुग्छ भनेर यता सारेका हौं ।’
चितवन निकुञ्जसँग कसरामा ४ र सौराहामा २ बाघ राख्नसक्ने क्षमता थियो । यो निकुञ्जकामात्रै नभएर आवश्यक पर्दा बाहिरका समस्याग्रस्त बाघ, अन्य वन्यजन्तुको पनि उद्धार गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा, मध्यवर्ती समितिका अध्यक्ष प्रकाश ढुंगानाले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width