एमाले कास्की अध्यक्षमा बैनबहादुर विजयी

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०८०
bain

पोखरा । नेकपा एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री विजयी भएका छन् । माधव बास्तोलालाई २ सय ४ मतले  हराउँदै वैनबहादुर विजयी भएका हुन् । अधिकारीले ५ सय ५१ मत ल्याउँदा बास्तोला ३ सय ४७ मा समेटिए । बैनबहादुरलाई खगराज अधिकारी र बास्तोलालाई पिएस गुरुङको समर्थन थियो । अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाए ।

निर्वाचनमा ९ सय १५ मत खसेको थियो ।

१६ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएकाे थियाे । मतगणना पनि मेसिनबाटै गरिनेछ । मंगलबार साँझ साढे ७ बजेदेखि सुरु भएकाे मतदान बुधबार साढे ३ बजेपछि सकिएकाे हाे । विद्युतीय मेसिनबाट मतदान भएकाले गणनामा भने छिटो भएको हो ।

एमाले कास्कीको अधिवेशन शनिबार सुरु भएको थियो । यहाँ पिएस र खगराज २ समूहको टक्करका कारण निर्वाचन प्रकि्या लम्बिएको थियो । वैनबहादुर खगराज प्यानलका हुन् ।

उपाध्यक्षमा भेषराज बरालले ५ सय २७, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) ५ सय ९५, उपसचिवमा सन्तु सुवेदी ५ सय १० र लालबहादुर परियार ५ सय ८१ मतका साथ विजयी भए ।

उपाध्यक्षका उमेदवार शिव आचार्यले ३ सय ८८ मत, सचिव सुरेन्द्र गुरुङले ३ सय २० मत, उपसचिवद्वय राधिका शाही योगी ३ सय ४४ र गीता विश्वकर्माले ३ सय ३४ मत प्राप्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width