चाकडी प्रथा अन्त्य जरुरी: खेलकुद मन्त्री श्रेष्ठ

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०८०
biraj

पोखरा । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदमा चाकडी गर्ने परिपाटीले खेलकुद क्षेत्र अघि बढ्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेतासमेत रहेका मन्त्री श्रेष्ठले आइतबार पोेखरा रंगशाला अवलोकन गर्दै खेलकुदमा चाकडी गर्ने गर्दा खेलकुदको विकास हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘खेलकुदको विकास गर्न एक प्रशिक्षकले आफ्ना खेलाडीहरु उत्पादन गर्नुभन्दा पनि कुन नेताको कसरी नजिक हुँदा आफूलाई फाइदा हुन्छ, कसरी चाकडी गर्न सकिन्छ भन्ने सोच्नाले नेपाली खेलकुदको विकास हुन सकेन, अब यो परिपाटी अन्त्य गर्नुपर्छ ।’

वेगनासमा राष्ट्रिय ड्रागन बोर्ट रेस प्रतियोगिता उद्घाटनका लागि आएका बखत मन्त्री श्रेष्ठले पोखरा रंगशाला अवलोकन गरेका हुन् । उनले पोखरा रंगशालामा विभिन्न अन्तर्राष्ट्रियस्तरका खेलहरुसमेत भएको अवस्थामा बाँकी केही भौतिक पूर्वाधार निर्माणमा आफूले विशेष पहल गर्ने प्रतिबद्धता जनाए ।

पोखरा रंगशालाको हाल मर्मत संहार गर्नुपर्ने अत्यावश्यक खेल संरचनाको आवश्यक डकुमेन्टसमेत ल्याउन माग गर्दै मन्त्री श्रेष्ठले पोखरामा धेरै खेल संघको सक्रियतामा खेल मैदान निर्माण भएकोमा प्रशंसा गर्दै यसमा राज्यले अब अपनत्व लिने जनाए । मन्त्री श्रेष्ठसमक्ष पोखरा रंगशालामा हिटिङसहितको स्वीमिङ पुल आवश्यक भएको, फुटबल स्टेडियममा फ्लट लाइट आवश्यक भएको, सुटिङ ट्रेनिङ सेन्टर आवश्यक भएको, क्रिकेट मैदानको थप मर्मत संहारसहित पेभिलियन निर्माण, स्क्वास, गल्फ, भलिबल, मुआथाई लगायतका खेल मैदान तथा कोर्टबारे जनाए । पोखरा रंगशालामा भएका खेल संरचनाबारे राखेप बोर्ड सदस्य राजेश कुमार गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले ब्रिफिङ गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width