ड्रागन बोट रेसमा वाटर स्पोर्टस् र नारा च्याम्पियन

रामशरण नेपाली
चैत्र १२, २०८०
dragan boat

लेखनाथ । वेगनास तालमा भएको प्रथम राष्ट्रिय वेगनास ड्रागन बोट रेसमा वाटर स्पोर्टस् नेपाल र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सी (नारा), पोखरा च्याम्पियन बनेका छन् ।

पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट संघ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा २ दिनसम्म चलेको प्रतियोगिताअन्तर्गत वाटर स्पोर्टस्ले ५ सय मिटरतर्फ र नाराले २ सय मिटरतर्फ उपाधि जितेका हुन् ।

सोमबार ५ सय मिटरमा वाटर स्पोर्टस् नेपालले नारालाई पछि पार्दै उपाधिसहित २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता नाराले १ लाख ५० हजार पायो । नेपाल आर्मी र वेगनास ताल डुंगा व्यवसायी समिति क्रमशः तेस्रो र सान्त्वना हुँदै क्रमशः ७५ हजार र २५ हजार नगद पाए ।

२ सय मिटरतर्फ च्याम्पियन नाराले १ लाखसहित उपाधि जित्यो । वाटर स्पोर्टस् एसोसिएसनले ५० हजार, तेस्रो हर्पन मत्स्य समूहले २५ हजार जिते ।

२ सय मिटर महिलातर्फ वेगनास मत्स्य व्यवसायी समिति प्रथम, वेगताल डुंगा व्यवसायी समिति द्वितीय र जलारी दिदीबहिनी समूह तेस्रो भए । प्रतियोगितामा १३ टिमले भाग लिएका थिए ।

चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको डुंगा दौड हो । फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । त्यसबेला विमान चार्टर्ड नै गरी १ सय २० सदस्यीय टोली चीनबाट आएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width