फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०८०
94f4f8f3-fb7b-491b-b353-3633dc848800

पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । रङहरुको पर्व होलीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले भर्खरै पर्यटकीय राजधानी घोषित पोखरालाई रंगीन बनाएको थियो ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्तरुपमा फेवाताल किनार वाराहीघाटमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे । उनले नेपाल–भार दुई देशबीच धेरै सांस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधता देखाउन मद्दत गरेको उल्लेख गरे ।

भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धबारे बताउँदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार, स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुसहित करिब ५ सय जना दर्शकको उपस्थिति रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार: वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो ।

यस्तै, नेपालको तर्फबाट लाखे नृत्यसँगै नेपाली लोक नृत्य प्रस्तुत भयो । जसको नेतृत्व निश्कल उदासले गरेका थिए । उनलाई संगीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिए ।

काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले यसअघि ९ चैतमा काठमाडौंमा आफ्नो प्रस्तुति देखाएको थियो । अब टोलीले लुम्बिनी, वीरगञ्ज र धरानमा समेत पुग्ने भारतीय राजदूतावासले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width