ओली नआउँदा पोखरेलद्वारा एमाले कास्की अधिवेशन उद्घाटन

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०८०
433454556_3570663019862783_6662149114229324657_n

एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव शंकर पोखरेल । तस्बिरः विजय नेपाल

पोखरा, १० चैत । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन शनिबारदेखि पोखरामा सुरु भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरे ।
स्वास्थ्य अनुकूल नभएपछि पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली नआएको स्रोतले जनायो । जारी उद्घाटन समारोहमा बोल्ने वक्ताले पार्टी एकतामा जोड दिँदै मिसन–८४ सफल पार्नुपर्ने बताएका छन् ।

२ दिनसम्म चल्ने अधिवेशनको दोस्रो दिन आइतबार बन्दसत्र लगायत चुनावी कार्यक्रम पोखरा सभागृह हलमा हुनेछन् । आगामी २ वर्षका लागि १२२ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष मनबहादुर गुरुङले बताए । त्यसमा १२ जना पछि मनोनीत हुने छन् ।

अधिवेशनमा ९ सय ३५ जना प्रतिनिधिले भाग लिएका छन् । कास्कीका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट उनीहरु छानिएका हुन् । अधिवेशनमा जिल्ला अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

कास्की जिल्ला अधिवेशनमा नयाँ नेतृत्व छानिदै गर्दा पृथ्वीसुव्वा गुरुङ र खगराज अधिकारी प्यानल नेतृत्वमा आ–आफ्नो दाबी गरेका छन् । शनिबार साँझसम्म सर्वसम्मत् प्रयास सफल नभए आइतबार मतदान प्रक्रियामा जाने सम्भावना छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width