इन्फोम्याक्स कलेजमा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०८०
global bank

पोखरा । ग्लोबल आइएमई बैंक लिमिटेडको पोखरा सभागृह शाखाले ग्लोबल मनी दिवसका अवसरमा इन्फोम्याक्स कलेजमा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कार्यक्रममा डिजिटल बैंकिङमा आउन सक्ने समस्याका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको शाखा प्रवन्धक भुवन वाग्लेले बताए । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरेको उल्लेख गरे ।

मुलुकभर बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढी सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत् आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width