सशस्त्र प्रहरीले निकाल्यो करुवाको भीरबाट शव

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०८०
apf

पोखरा । काम गर्ने क्रममा भीरबाट खसेर मृत्यु भएका मजदुरको शव सशस्त्र प्रहरीले साढे दुई घन्टाको प्रयासमा निकालेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका– १ जिमिरेस्थित करुवा सेती हाइड्रोपावरमा काम गर्ने मजदुरको बिहीबार दिउँसो काम गर्ने क्रममा अचानक अन्दाजी ३ सय मिटर माथि भिरबाट खसेर मृत्यु भएको थियो ।

गोरखाको सहिद लखन गाउँपालिका– २ का ५० वर्षे यामबहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, कालिका गण कास्कीबाट खटिएको टोलीले डोरीको सहायतामा भीरबाट निकालेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पोस्टमार्टमका लागि पश्चिमाञ्‍चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width