बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०८०
nishikhola accident

पोखरा । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका  ६ स्थित जाउलेपानीमा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको छ  दुर्घटनामा २० जना घाइते भएका छन्।

पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।  उनले दुर्घटनामा २० जनाभन्रदा बढी  घाइते रहेको बताए । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए ।  घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । मृत्तक र घाईतेहरुको नामावली खुल्न सकेको छैन । साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width