राैतहटबाट पोखरा आउँदै गरेको बस नारायणगढ मुग्लिन सडकमा दुर्घटना, १ जनाको निधन, ४ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
ACCIDENT-POKHARA

पोखरा । नारायणगढ मुग्लिन सडकमा आइतबार राति भएको दुर्घटनाका १ को मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

ईच्छाकामना गाउँ पालिका वडा नम्बर ६ जलवीरेस्थित नारायणगढ मुग्लिन सडक खण्डमा रौतहटको गौरबाट पोखरा आउँदै  गरेको ग१ख ८५२४ नम्बरको बसले चक्का पञ्चर भई बाटो छेउमा रोकी राखेको ना६ख ३५८० नम्बरको ट्रकको पछाडि भागमा ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने वर्ष ३७ को गौरी दासको दुर्घटनामा मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भरतपुर ल्याउने क्रममा मृत्यु भएको हो । दुर्घटना पछि बसका चालक जिल्ला नवलपरासीृ सुस्तापुर्वे कावासोती नपा १४ बस्ने वर्ष ३९ को लक्ष्मण गुरुङ प्नहरीको नियन्त्रणमा छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा ट्रक चालक वीरगन्जका ३३ वर्षे हाकिम मिया, बसमा सवार जिल्ला सर्लाही बरहथवा नपा मिलन चोक बस्ने वर्ष २५ कि पूजा गुप्ता, बसमा सवार देश भारत सितामढी जिल्ला रमनगरा बस्ने वर्ष ३२ को अम्बर नाथ कुमार र बसमा सवार देश भारत विहार राज्य मजापुर जिल्ला बस्ने वर्ष ३९ कि रिता गुप्ता छन् । घाइतेको अवस्था सामान्य छ ।

Related News

सम्बन्धित समाचार

hero news full width