बालिकालाई बाल यौन दुर्व्यवहार कसूरमा पोखराका सुरेश पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
suresh srth

पोखरा। बाल यौन दुर्व्यवहार कसूरमा पोखरामा एक जना युवक पक्राउ परेका छन् । उनले १५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको जाहेरी आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार उनकै निवासबाट पक्राउ गरेकाे जनाएको छ । पक्राउ पर्नेमा पोखरा ८, सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ हुन् ।

श्रेष्ठले सोमबार बिहान ७ बजेर ३० मिनेट जाँदा ती बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । निजलाई बालबालिकाविरद्ध कसूर (बाल यौन दुर्व्यवहार) मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width