स्टेप बाइ स्टेपमा शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
Steep by steep

पोखरा । स्टेप बाइ स्टेप माविमा शैक्षिक प्रदर्शनी, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वर्षभरि भएका खेलकुद, अतिक्ति क्रियाकलाप र २०७९ सालमा कक्षाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता तथा कमेडी पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा २ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्रीहरू प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु भएको प्रसंग उठाउँदै सचेत, जागरुक र असल अभिभावक भएमा मात्र विद्यार्थी असल र जेहेनदार हुने बताए । विद्यार्थीलाई जिज्ञासु, लगनशील, जेहेनदार र सक्षम बनाउन शिक्षक र विद्यालयको ठुलो भूमिका रहने कुरा बताए । साथै उनले स्टेप बाइ स्टेप मावि यस क्षेत्रको पुरानो र राम्रो विद्यालय रहेको पनि बताए ।

पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले स्टेप बाइ स्टेप मावि यस वडाको उत्कृष्ट संस्थागत विद्यालय रहेको र यसले वडाको शैक्षिक तथा अन्य सामाजिक विकासमा पनि सहयोग पु¥याएकामा खुसी व्यक्त गरे ।

विद्यालयका संस्थापक प्रधानाध्यापक निर्मला बरालले गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम र योग्य नागरिक निर्माणमा आपूmहरूले कुनै कसर बाँकी नराखेको बताउँदै सोहीअनुसार नै यहाँबाट विद्यार्थी योग्य, सक्षम र सफल नागरिक बनेकामा खुसी प्रकट गरिन् ।

विद्यालयले भौतिक सुविधा, खेलकुद, अतिरिक्त क्रियाकलाप, संगीत, नृत्य, कलामार्फत् विद्यार्थीको सर्वांगीण उन्नतिमा जोड दिएको बताइन् ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले गुणस्तरीय शिक्षा प्रदान गर्नु आफ्नो मूल उद्देश्य रहेको र आपूm त्यसैमा समर्पित रहिरहेको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक दीपक गिरीलाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरियो ।

विद्यालयका सहायक प्रधानाध्यापक दीपक गिरी, विद्यार्थीहरू राशिका श्रेष्ठ र अस्मिता मगरले कार्यक्रममा मन्तव्य राखेका थिए भने पूर्व जिल्ला शिक्षा अधिकारी रमेश पौडेल, समाजसेवी टेकनाथ आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्य रामचन्द्र उपाध्याय, समाजसेवी गोपाल बराल, नारायण बराल, रविराज बरालले पुरस्कार वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रम कक्षा ११÷१२ का संयोजक रघुनाथ वाग्लेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width