इन्द्रकलाको सातौं दिनको पुण्यतिथिमा शोकसभा

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
indrakala (4)

पोखरा । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा ९ आयोजनामा इन्द्रकला पौडेलको सातौं दिनको पुण्यतिथिमा आइतबार शोकसभा सम्पन्न भएको छ ।

शोकसभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले इन्द्रकला पौडेल धार्मिक एवं सामाजिक व्यक्तित्व रहेको स्मरण गरे । उनले देखाएको सत्मार्गका कारण सन्ततिको सुखशान्ति रहेको भन्दै प्रेरणाको स्रोत रहेको जोशीले बताए ।

कांग्रेस वडा कार्यसमितिका कावा अध्यक्ष खडानन्द पौडेलको अध्यक्षतामा भएको शोकसभामा बोल्ने वक्ताले स्वर्गीय पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे ।

कुश्मा ९, कटुवाचौपारी ज्ञादी निवासी पौडेलको गत फागुन १४ गते ९३ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि समवेदना व्यक्त गर्न राजनीतिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि, आफन्त, शुभेच्छुक पुग्ने गरेका छन् । आइतबार मात्रै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सभाका पूर्व सदस्य प्रकाश पौडेल, ओककला गौतम, कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछाने, बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठ, वडा ९ का अध्यक्ष राम शर्मा लामिछाने, नेपाल महिला संघ केन्द्रीय सदस्य शकुन्तला शर्मा, पोखरा विश्वविद्यालय सेवा आयोग अध्यक्ष प्राध्यापक तीर्थराज अर्याललगायत पुगेका थिए ।

यस्तै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव गोविन्द सुवेदी, पत्रकार महासंघ कास्की सचिव माधव बराल, पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओम घायल, पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तीर्थ भट्टराई, उपसचिव प्रवीण ढकाल, उद्योगी विमल बस्याल, भेटेरीनरी कार्यालय पर्वतका रामजी पौडेल लगायत करिब ५ सय जना पुगेका थिए ।

इन्द्रकलाका ५ छोरा र २ छोरीमध्ये जेठा खगेन्द्रको निधन भइसकेको छ । अन्य छोराहरुमा प्रेमनारायण पौडेल, जय शर्मा पौडेल, रमेश पौडेल र सहदेव पौडेल तथा छोरीहरु सीता सापकोटा र विना अधिकारी छन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width