पोवि स्वास्थ्य विज्ञान संकायको तालिम

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
pokhara university

पोखरा । पोखरा विश्वविद्यालय (पोवि) स्वास्थ्य विज्ञान संकाय आयोजनामा फ्याकल्टी डेभलपमेन्ट तालिम सुरु भएको छ । ‘विद्यार्थीको सिकाइलाई सहज बनाउन स्वास्थ्य व्यावसायिक शिक्षाका आवश्यक ज्ञान प्रदान गर्ने’ मूल उद्देश्यका साथ सुरु तालिमको पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले उद्घाटन गरे ।

प्राडा अर्यालले शिक्षण पेसा प्रभावकारी बनाउन प्राध्यापकमा सकारात्मक मनोवृत्तिसहित व्यावहारिक ज्ञान र सीपहरू प्रदान गर्नसक्ने क्षमता हुनुपर्नेमा जोड दिए । उनले विद्यार्थीलाई किताबमा भएको ज्ञान लेखाएर घोकाएरमात्र उपलब्धि नहुने उल्लेख गर्दै उनीहरूको मनोभाव बुझी प्रेरणा दिने र आनन्दित तुल्याउने कार्यले पनि उत्तिकै महत्व राख्ने बताए । पठनपाठन र मनोवृत्तिमा परिवर्तन ल्याउन यस्ता तालिम सान्दर्भिक र महत्वपूर्ण रहने उनको भनाइ थियो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले प्राध्यापक कक्षाकोठामा मात्र होइन, समाजकै लागि प्रेरणाको स्रोत हुनुपर्ने बताए । उनले प्राध्यापकले शिक्षण पेसाको गरिमा र महत्व उचो राख्न पेसाप्रति वफादार र उच्च नैतिक आचरणमा रहनुपर्ने उल्लेख गर्दै अनुशासित, समयनिष्ठ र कर्तव्यनिष्ठसहित उत्कृष्टभावले प्राध्यापकको इज्जत र सम्मान अझ बढेर जाने बताए ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले कमजोर विद्यार्थीलाई कसरी राम्रो र सक्षम तुल्याउन सकिन्छ भन्ने दिशामा तालिम अभिप्रेरित हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन सहप्राडा अमर नागिलाले शिक्षण पेसामा जति इज्जत, मान र सम्मान छ, त्यतिकै दुख, कष्ट र चुनौती रहेको उल्लेख गरे । उनले प्राध्यापकको जागिर खाने र घर चलाउने कर्तव्यमात्र नभई कक्षा कोठामा हरेक दिन परीक्षा दिनुपर्ने र त्यसमा खरो उत्रनु बाहेक अन्य विकल्प समेत नरहेको विचार व्यक्त गरे ।

परीक्षा नियन्त्रक सहप्राडा तुल्सीराम भण्डारीले तालिमलाई उपलब्धिमूलक र व्यवहारमा उतार्न सकेमात्र सारतत्व सिकाइमा परिवर्तन र गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने बताए । उनले विद्यार्थीलाई राम्रो र उत्प्रेरित गर्न पाठ्यक्रमलाई चुस्त राख्नुपर्ने विचार राखे ।

पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त नोबेल कलेजका प्राचार्य नवराज पाण्डेले स्वास्थ्य पेसा मानव अस्तित्व कायम रहेसम्म रहीरहने भएकोले यसको समयसापेक्ष विकास र विस्तारका लागि सबै सचेत भई लाग्नुपर्नेमा जोड दिए ।

पोखरा नर्सिङ क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले प्राध्यापकले आफ्नो पेसा र विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखी सयमानुसार परिवर्तन हुनुपर्नेमा जोड दिए ।

मणिपाल कलेज अफ मेडिकल साइन्सेजका प्राचार्य तथा माइक्रोबायोलोजी विभागका प्राध्यापक शिशिर गोखलेले शिक्षण पेसा राम्रो बनाउन प्राध्यापकले पठनपाठन, मनन, चिन्तन र आचरणमा सुधार ल्याउनुपर्ने बताए ।

तालिम कार्यक्रमका स्रोत व्यक्ति प्राडा मुनिराज क्षत्रीले समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाइ अवसर प्रवद्र्धन गर्न सके मात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुने बताए ।

कार्यक्रममा स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक सुरेश जैसवालले प्राध्यापकको स्तरोन्नति, ज्ञान र सीप विकासका लागि तालिम कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा क्वालिटी सर्कल कमिटीमा आबद्ध पोखरा विश्वविद्यालय ब्याचलर अफ फार्मेसीमा अध्ययन गर्ने छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

२५ फागुनसम्म चल्ने तालिममा प्राडा मुनिराज क्षत्री, प्राडा विदुर वस्ति, प्राडा शरदराज वन्त, प्राडा मन्दिरा शाही, युएनडिपी नेपालका आवासीय सहायक प्रतिनिधि बिन्दा मगर, डा. समीर तिमिल्सिना, डा. तुल्सीराम भण्डारी, प्राडा राजेन्द्र बिसी, डा. नमराज धामीले विभिन्न विधामा प्रस्तुति दिने छन् । कार्यक्रममा पोखरा विश्वविद्यालय लगायत स्वास्थ्य संघसंस्थामा पेसामा आबद्ध २ दर्जनभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहने सूचना अधिकारी लोकप्रसाद ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width