मोटरसाइकल मोडिफाइ गर्ने कारवाहीमा, ६ महिनामा ७ सय मोटरसाइकल नियन्त्रण

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
police bike

पोखरा । मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गर्नेमाथि प्रहरीले धमाधम नियन्त्रण लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा पोखरा क्षेत्रबाट करिब ७ सय मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

मोडिफाई गरी समाजमा होहल्ला मच्चाउने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगो समेत निकाल्ने गरेका भन्दै गत भदौ २५ देखि हालसम्म ६ सय ८१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए ।

त्यसवापत ७ लाख ४२ हजार जरिवाना संकलन गरिएको उनले बताए ।

समाजमा होहल्ला गर्दै मोटरसाइकल पड्काउँदै हिँड्ने तथा ध्वनी प्रदुषण गर्ने कार्य बढिरहेको भन्ने जनगुनासो प्राप्त भएपछि गत १७ फागुनदेखि २० फागुनसम्म कडाइका रुपमा चेकजाँच गरी मोडिफाई गरिएका ५९ मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि यस जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

पटके कारबाहीमा परेकालाई आवश्यक कारबाहीका लागि यातायात कार्यालय कास्कीमा पठाउने तथा पहिलो पटकमा परेकाहरूलाई मोडिफाई गरिएका सामान फेर्न लगाई पहिलेको जस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाई छाडिने जनाइएको छ ।

उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप सञ्चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनायो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ मा मोटरसाइकलको स्वरुप परिवर्तन, पार्टपुर्जा थप्न वा घटाउन रंग परिवर्तन गर्न नपाइने व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width