पोखरामा खुला बास्केटबल प्रतियोगिता हुँदै

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
Basketball Photo

पोखरा।  पुन एकता क्लब पोखराले खुला बास्केटबल प्रतियोगिता गर्ने भएको छ । फागुन २२ देखि २६ गतेसम्म हुने प्रतियोगिता पुरुष, महिला र पुरुष भेट्रान्स गरी ३ विधामा हुनेछ ।

रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी पूरा भएको क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगिताका लागि सोमबारसम्म टिम दर्ताको समय तोकिएको प्रतियोगिता संयोजक रनसिंह गुरुङले जानकारी दिए । मंगलबार टाइसिट ड्र गरी बुधबारदेखि खेल सञ्चालन गरीने उनले सुनाए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुदिप पुर्जाले जानकारी दिए । द्वितीय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस विधामा दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ राखिएको उनले बताए ।

भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वित्तीयले १७ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले जानकारी दिए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए । उनका अनुसार भेट्रान्सले ४ हजार ५ सय रुपैयाँ बुझाएर टिम दर्ता गर्नुपर्नेछ भने महिलाको टिम सहभागिताका आधारमा शुल्क निर्धारण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग