सार्दीखोलामा ३५० जनाको निशुल्क आँखा परीक्षण

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
Eye Camp News (1)

पोखरा । माछापुच्छ्रे गाउँपालिका– २ स्थित सार्दीखोला स्वास्थ्य चौकीमा शनिबार निशुल्क आँखा परीक्षण कार्यक्रम भएको छ । सार्दीखोला बचत तथा ऋण सहकारी संस्था र नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीको आयोजनामा शिविर भएको हो । वडाध्यक्ष गणेश आचार्यले रणबहादुर गुरुङलाई उपचार फारम हस्तान्तरण गरी शिविर उद्घाटन गरे ।

कार्यक्रममा हिमालय आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो । उक्त अवसरमा ३ सय ५० जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये १ सय ८९ जना व्यक्तिलाई निशुल्क चस्मा वितरण गरिएको थियो । १५ जनामा मोतिबिन्दु भेटिएको र उनीहरुलाई दुवै आयोजक संस्थाको पहलमा शल्यक्रियाका लागि व्यवस्था गरिने भएको छ ।

सार्दीखोला बचत तथा ऋण सहकारी संस्थाका उपध्यक्ष गिरिधारि आचार्यको सभापतित्वमा भएको कार्यक्रममा संस्थाकै सञ्चालक सपनाकुमारी गुरुङले स्वागत गरेकी थिइन् । शिविर उद्घाटन गर्दै वडाध्यक्ष गणेश आचार्यले संस्थाले गर्दै आएको कार्यक्रमले यस क्षेत्रका बासिन्दा लावान्भित भइरहेकोले भन्दै धन्यवाद दिए । कार्यक्रमको उद्घाटन सत्र संस्थाका सचिव रामप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width