चापापानी सिद्धार्थ सहकारीको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २०, २०८०
chapapani

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा कार्यक्रम गरेको छ ।

सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले सहकारीका सदस्यलाई सहकारीबारे जानकारी दिँदै नाफाको पछि सहकारी हिंडेका सहकारी जुन प्राइभेट किसिमले चलेका छन्, त्यस्ता सहकारीहरू जोखिममा रहेको बताए ।

सहकारीका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेशबहादुर कार्कीले कास्कीका राम्रा भनेर चिनिने सहकारीहरुमध्ये चापापानी उत्कृष्ट सहकारी भएकोले सदस्यलाई आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए ।

सहकारीका अध्यक्ष दीपक कार्कीले आगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लागिएको बताउँदै सहकारीको मूल्य, मान्यता अनुसार चापापानी सहकारी चलेको बताए ।

सहकारी अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामप्रसाद साखीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको वित्तीय अवस्थाबारे जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्वान्त वाचन गरेका । सहकारी सचिव इन्दिरा भण्डारी कोइरालाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • सकियो घान्द्रुक महोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा। ‘सबै मौसम पर्यटकका लागि खुला छ’ भन्ने सन्देश दिँदै घान्द्रुक पर्यटन महोत्सव सकिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • पूर्व कर्मचारीमा गोलाप्रथाबाट अध्यक्ष चयन

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पूर्व कर्मचारी सेवा परिषद कास्कीको अध्यक्षमा गिरधारि सुवेदी निर्वाचित भएका छन् । २८ चैतमा पोखरामा भएको १९ आंै…
  • लेखनाथ खानेपानी उपभोक्ता संस्थाको भित्तेपात्रो विमोचन

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    लेखनाथ ।  लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा–३० को नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग