भरतपुरकी मेयरसँग पोखराका पर्यटन व्यवसायीको भेट, पर्यटन विकासका लागि सहकार्यमा जोड

विजय नेपाल
फागुन १९, २०८०
bharatpur

भरतपुर । नेपालकाे प्रमुख पर्यटकीय सहर पाेखरा आगामी चैत पहिलाे साता पर्यटनकाे राजधानी घाेषणा तयारीमा छ। पाेखरा महानगरकाे छिमेकी अर्काे महानगर भरतपुरले शुक्रबार मात्रै ‘भरतपुर भ्रमण वर्ष २०२४’ काे भव्य समारोहबीच उद्घाटन गर्‍यो।

गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनी धार्मिक एवं पर्यटकीय दृष्टिकोणले उस्तै महत्त्वकाे केन्द्र हाे । गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशका यी तीन सहरलाई गाेल्डन ट्रयांगल रूपमा विकास गर्नुपर्ने विषय बेलाबेखत सतहमा आउने गर्छ । तर देखिने  गरी ठाेस काम कारबाही भएको पाइँदैन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले याे विषयलाई प्राथमिकता दिनुपर्नेमा जाेड दिइन् ।

पाेखराका पर्यटन व्यवसायीसँग शनिबारकाे भेटमा उनले पर्यटकीय महत्वका तीन सहर पाेखरा, भरतपुर र लुम्बिनीलाई गाेल्डन ट्रयांगल  रूपमा विकास गर्नुपर्नेमा जाेड दिएकी हुन् । २०७४ सालकाे स्थानीय तह निर्वाचनपछि  आफ्नाे पहिलो कार्यकालमा पाेखरा महानगरका तत्कालीन मेयरसँग पाेखरामा भएको भेटमा उक्त रूटकाे विकासमा लाग्नुपर्ने आपसी सम्झाैता भएको थियाे।

याे विषय पर्यटन सम्बद्ध संघसंस्थाकाे फाेरममा समेथ बेलाबेलाका उठ्ने गरेको हाे ।  पाेखरा पर्यटन परिषद् अध्यक्ष पाेमनारायण श्रेष्ठले भरतपुर भ्रमण वर्ष २०२४ काे सफलताको शुभकामना दिँदै पाेखरा-मुग्लिङ सडक खण्ड स्तराेन्नतिपछि दुवै महानगर भरतपुर र पाेखराकाे पर्यटन विकासमा सघाउ पुग्ने विश्वास लिए । उनले पाेखरा पर्यटकीय राजधानी घाेषणाकाे तयारीमा रहेकाे उल्लेख गर्दै आपसी भ्रमणमा सहकार्यमा जाेड दिए । उनले आगामी वर्ष पनि फेवा नव वर्ष २०८१ हुन लागेकाे समेत जानकारी दिए । पाेखरा पर्यटन परिषद अध्यक्ष श्रेष्ठ नेतृत्वको भेटमा हाेटल संघ पाेखराका अध्यक्ष लक्ष्मण सुवेदी, पाेखरा पर्यटन परिषद् महासचिव सञ्जयकान्त सिग्देल, पर्यटन व्यवसायी, पत्रकारकाे टिम उपस्थित थियाे ।

“घुमाै भरतपुर” नाराका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल सहित पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्व मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी लगायत शीर्षस्थ व्यक्तिहरूकाे उपस्थितिमा शुक्रबार नारायणी किनारमा भरतपुर भ्रमण वर्षकाे भव्य उद्घाटन भएकाे थियाे । सन् २०२४ भर भरतपुरमा दुई लाख बाह्य पर्यटकसहित कुल सात लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकाे मेयर दाहालले जानकारी दिइन् । नेपाल भ्रमण वर्ष २०२० मा मेयर दाहालसहित भरतपुरकाे सिंगाे टाेलीले पाेखराका तत्कालीन मेयर मानबहादुर जिसीसँग पाेखरामा औपचारिक भेटवार्ता गरेकाे थियाे ।

यसैबीच केही दिन पाेखरा आएकाे बखत एमालेका युवा  नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पाेखरा, बुटवल र नारायणगढकाे रूट छाेट्याएर साढे  सात घण्टामा सीमित गरि त्रिकाेणात्मक रूपमा एउटा सिटीमा विकास गर्न सकिने बताएका थिए । पाेखरा मुग्लिन सडक तथा नारायणगढ बुटवल सडकखण्ड यतिबेला धमाधम स्तराेन्नति भइरहेकाे छ । पाेखरा र लुम्बिनीमा गत वर्ष नै  अन्तरास्ट्रिय विमानस्थल सञ्चालनमा आएका थिए । भलै पाेखरा १४ महिनादेखि आन्तरिक उडानमै सिमित छ ।

पाेखराबाट चाँडाे अन्तरास्ट्रिय उडान हुनुपर्ने पाेखराका पर्यटन व्यवसायीकाे माग छ । किनकि पाेखरा चाँडाे पर्यटकीय राजधानी घाेषणाका लागि मेयर धनराज आचार्य लागिपरेका छन् । पाेखरा विश्वकाे एक पर्यटनकाे गन्तव्य भएकाे  र यहाँ पर्यटकीय पूर्वाधार प्रशस्त छन् । पाेखराकाे समग्र पर्यटनमा करिब ६ खर्बकाे लगानी रहेकाे अनुमान छ ।

काठमाडौं आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पाेखरा घुम्न आउँछन् । हाेटल संघ पाेखरा नेपाल अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पाेखरामा पर्यटनस्तरका करिब सात सय हाेटल छन् । तीमध्ये चार सय २५ वटा संघमै आबद्द छन् । पाेखरासहित यस आसपासमा करिब १२ सय हाेटल छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै