पोखराको  बुलौदीमा  मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन १९, २०८०
accident

पोखरा ।  पोखराको  पोखराको  बुलौदीमा  आज बिहानै  मोटरसाइकल दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।

बिहान ३ः४५ बजेतिर  मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २ जनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल  डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

दुवैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width