लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव सकियो

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
Laxmi aadarsha

लेखनाथ । पोखरा २७ मा रहेको लक्ष्मी आदर्श माविको स्वर्ण महोत्सव शुक्रबार सम्पन्न भएको छ । ३ दिनसम्म चलेको स्वर्ण महोत्सव कार्यक्रमअन्तर्गत स्वर्णजयन्ती वर्ष–२०८० को स्तम्भ अनावरण, स्वर्णजयन्ती वर्ष –२०८० का लागि निर्मित प्रवेशद्वार उद्घाटन एवं स्मारिका विमोचनलगायत कार्यक्रम भए ।

स्वर्णजयन्ती स्तम्भ अनावरण गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे । स्मारिका विमोचन संस्कृतिविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले गरे । स्वर्णजयन्ती वर्ष –२०८० का लागि निर्मित प्रवेशद्वार र हेल्थ केयर युनिट पोखराका मेयर धनराज आचार्यले गरेका थिए ।

स्वर्ण महोत्सव समापन समारोहमा पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङ, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका उपसचिव वसन्तराज पौडेल, पोखरा शिक्षा महाशाखाका अधिकृत बद्रीनाथ सुवेदी र संस्थापक भोजराज भण्डारी, पूर्व शिक्षक हेमराज आचार्यलगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक शिवमणि भण्डारी र विद्यार्थीको तर्फबाट पदमराज सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक गणेश पौडेलले गरेका थिए ।

उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा विद्यालयको स्थापनाकालदेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउने चन्दादाता, जग्गादाता, अक्षयकोषदाताहरू, पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यावारिधि गर्ने पूर्व विद्यार्थी एवं सरकारी सेवामा प्रथम श्रेणीमा सेवारत व्यक्तिहरू लगायत विद्यालयलाई सम्मान गरिएको थियो ।

स्वर्ण महोत्सवकै अवसरमा यसै वर्षदेखि पोखरा २७ द्वारा विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई विद्यार्थीकै इच्छाअनुसार कुनै एउटा सिपमूलक तालिम प्रदान गर्ने कार्यक्रम वडाअध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गरे । कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष छात्राहरुको लागि ब्युटी पार्लर र सिलाईमध्ये कुनै एक र छात्रहरूको लागि प्लम्बिङ, इलेक्ट्रिकल र हेयर कटिङ गरी ५ प्रकारका सिपमूलक तालिम सञ्चालन हुनेछन् ।

२०२५ सालमा स्थापित विद्यालयको ५६ औं वार्षिकोत्सव तथा त्रिदिवसीय स्वर्ण महोत्सवको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका थिए । विद्यालयमा हाल १ हजार ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

  • हिल प्वाइन्टमा विद्यार्थी तथा शिक्षकको स्वागत

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    पोखरा । हिल प्वाइन्ट सेकेन्डरी स्कुल, माटेपानीले नवआगन्तुक विद्यार्थी तथा नवनियुक्त शिक्षकलाई स्वागत गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • लिटल फ्लावरमा विविध कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    लेखनाथ ।विश्व रेडक्रस दिवस अवसरमा लिटल फ्लावर एजुकेसनल एकेडेमीमा विविध कार्यक्रम भए । नयाँ शैक्षिक सत्रमा भर्ना भएका विभिन्न कक्षाका…
  • पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एक दिवसीय जनचेतना तथा अन्तक्र्रियात्मक कार्यक्रम बुधबार सम्पन्न…
  • हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस…

hero news full width