पोयुसापलाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
Poyusap

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०८० अर्पण गरिने भएको छ ।

भैरव सांस्कृतिक संरक्षण समितिले प्रदान गर्ने यो वर्षको पुरस्कार पोयुसापलाई प्रदान गरिने निर्णय गरिएको भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानांगले जानकारी दिए । पोखरालाई साहित्य, संस्कृति र कलाको राजधानी बनाउन पोयुसापले प्रशंसीय कार्य गरेकाले पुरस्कार अर्पण गर्न लागिएको उनले बताए ।

१ लाख १ रुपैयाँ नगद राशि र सम्मानपत्र रहेको यो पुरस्कार फागुन २६ गते कार्यक्रमका गरी अर्पण गरिने उनले जानकारी दिए । यसभन्दा अघि यो पुरस्कार फत्तेमान, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, जगमान गुरुङले प्राप्त गरिसकेका छन् ।

विष्णुदेवी संस्कृति पुरस्कार २०८० का पोयुसापालाई छनोट गरेकोमा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले भैरव सांस्कृतिक संरक्षण समितिलाई धन्यवाद दिए । ‘खुसी बाँडे बढ्छ भन्छन् ।

त्यसैले यो पत्रले ल्याएको खुसी तपाईंहरू सबैमाझ बाँड्न चाहेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धेरै धन्यवाद श्री भैरव सांस्कृतिक संरक्षण समितिलाई ! बधाई छ पोखरेली युवा सांस्कृतिक परिवारका सम्पूर्ण संस्थापक, पूर्व अध्यक्षहरू तथा पूर्व तथा वर्तमान कार्यसमिति, आजीवन सदस्य, सल्लाहकार एवम् शुभचिन्तकहरूमा ! बधाई हामीलाई ।’

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width