पोखरा १२ मा मन्टेसरी तालिम सकियो

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
Pkr 12 Manteswori Photo

पोखरा ।  पोखरा महानगरपालिका १२ मा सञ्चालित निशुल्क मन्टेसरी तालिम सकिएको छ । ३ महिना अघिदेखि दैनिक ५ घन्टा सञ्चालन भएको तालिममा पोखरा १२ का विभिन्न क्षेत्रका २४ जना महिलाको सहभागिता थियो ।

समापन कार्यक्रमा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले पछिल्लो समय विश्व बजारमा खोजी हुने विषयहरुमा तालिम आवश्यक रहेको बताए । समुदायस्तरमा मन्टेसरी तालिमको माग ज्यादै उच्च रहेकाले आगामी पञ्चवर्षीय योजनामा सिपमूलक तालिमलाई जोड दिँदै सिक्दै कमाउँदै कार्यक्रम समावेश गरिने उनले बताए ।

व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले सिकाइलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा पनि व्यावहरिक रुपमा सिकाउन सकेमात्र उपलब्धि हुने बताए ।

प्रशिक्षार्थी प्रशंसा गुरुङले आगामी दिनमा तालिममा सिकेका सिपको भरपुर सदुपयोग गर्ने बताइन् । तालिममा सहभागी ६ जनाले रोजगारसमेत पाएको तालिम प्रशिक्षक सीता अधिकारी वाग्लेले जानकारी दिइन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width