मुग्लिन–पोखरा सडक विस्तार: पूर्वी खण्डमा बत्तीस किमी कालोपत्र

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
muglin pkr road

तनहुँ ।  मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी र पश्चिम दुई खण्डमा सडक विस्तार भइरहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको छ ।

उक्त सडकअन्तर्गत ४ लेनको १२ किमि र दुई लेनको ८ किमी सडक कालोपत्र गरिएको आयोजनाले जनाएको छ । पहिलो चरणमा ६ सेन्टिमिटरको सडक कालोपत्र गरिएको छ । सडक फाइनल गर्ने समयमा ४ सेन्टिमिटर थप गरी १० सेन्टिमिटरको सडक कालोपत्र बनाइनेछ । अहिले व्यास–१ को तालघरे र बन्दीपुर–१ स्थित डुम्रे आसपास क्षेत्रमा कालोपत्र कार्यका लागि बेस बिच्छाउने काम भइरहेको छ ।

पूर्वी खण्डमा ४१ दशमलव ७ किलोमिटर दूरी रहेको छ । हालसम्म यस खण्डमा ५० प्रतिशत कार्य प्रगति सम्पन्न भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म छ । कोभिडको समयमा निर्माण कार्य स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए । त्यसैगरी, पश्चिम सडकखण्डअन्तर्गत दुई लेनको सडकमा साढे ५ किलोमिटर दूरी कालोपत्र गरिएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा र शुक्लागण्डकी–२ हलेदी खण्डमा अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ ।

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुई काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थलदेखि विजयपुर पुल, कोत्रेपुलबाट गगनगौंडा र गगनगौंडाबाट दुलेगौंडातर्फ काम भइरहेको छ । उक्त सडक खण्डका दायाँबायाँका विद्युत् पोल हटाएर सडक विस्तार भइरहेको उनले बताए ।

जिल्लाको म्याग्देको जामुनेदेखि पोखरासम्मको खण्डमा करिब २ हजार ४ सय विद्युत् पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत हटाइसकिएको छ । ३ महिनाअघि ८ प्रतिशत काम भएको यस सडक खण्डमा अहिले १७ दशमलव ५ प्रतिशत प्रगति भएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width