विन्ध्येश्वरी आदर्शमा ग्लोबल क्विज

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
global quiz

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल मोहरिया टोलमा कक्षा २–९ सम्म ग्लोबल क्विज तथा अंग्रेजी डायलग प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताअन्तर्गत मावि तहमा अल्फा (रातो) सदनबाट साइना बुद्धाचार्य, प्रशंसा कार्की, विप्लव लोहनी र सुबी श्रेष्ठ प्रथम भए । डेल्टा (पहेंलो) सदनबाट शिशिर तिमिल्सिना, मञ्जिसा भुजेल, कृतन गुरुङ र अंकिता पौडेल द्वितीय भए ।

आधारभूततर्फ अल्फा (रातो) सदनबाट आदित्य लम्साल, श्रीषा तिमिल्सिना, विश्वास थापामगर र अंकित मन्ना प्रथम भए भने बेटा (निलो) सदनबाट सविता सुनार, अदिती तिमिल्सिना, युनिका खनाल र सौगात हमाल द्वितीय भए ।

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै विद्यार्थीको चौर्तफी विकास होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रम गरिएको बताए ।

अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटी र शिक्षक युवराज रौनियारले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय शिक्षक संगठन कास्कीमा तीर्थराज

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको १४ औं अधिवेशनबाट तीर्थराज ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (खुला) मा…
  • गण्डकी बोर्डिङ व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र २९, २०८०
    पोखरा । गण्डकी बोर्डिङ स्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान…
  • इक्यान कास्कीको शैक्षिक बहस

    आदर्श समाज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) आयोजनामा पोखरामा बृहत् शैक्षिक बहस कार्यक्रम हुने भएको छ । ‘एडू–३६०’ नाम…
  • लक्ष्मी आवि विव्यसमा कृष्ण

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिका–३, पुरानो मैदानस्थित लक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कृष्णप्रसाद पौडेल चयन भएका छन् । गाउँपालिका शिक्षा…
  • हिलसाइडमा विद्यार्थीलाई बिदाइ

    आदर्श समाज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा । पोखरा ५ स्थित हिलसाइड अंग्रेजी माध्यमिक विद्यालयमा एसइई दिएका विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यार्थीहरूको समुज्ज्वल भविष्यको कामना…

hero news full width

trending post

ट्रेन्डिङ्ग