श्रीकृष्ण माविको अध्यक्षमा शोभाचन्द्र

आदर्श समाज सम्वाददाता
फागुन १८, २०८०
shova

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ स्थित श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा शोभाचन्द्र बराल चयन भएका छन् । यसअघि उनी विद्यालय व्यवस्थापन समितिकै ज्येष्ठ सदस्यका रुपमा अध्यक्षको कार्यभारमै थिए ।

समितिका सदस्यहरु पुषोत्तम रेग्मी, पार्वती पनेरु, देवबहादुर घताने, गंगा थापासहित पदेन सदस्य पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य सम्मिलित बैठकले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थामा सक्रिय बराल विद्यालयको भौतिक तथा समग्र विकासमा लागि परेका थिए ।

उनी विद्यालयको प्रमुख चन्दादाता समेत हुन् । विद्यालयमा रहेका विविध समस्यालाई निवारण गर्दै आफू नेतृत्वको समितिले स्मरण योग्य काम गर्न लागि पर्ने उनले प्रतिबद्धता जनाए ।

लामो समयसम्म चयन हुन नसकेको विद्यालय व्यवस्थापनको नेतृत्वको टुंगोे लागे सँगै अब विद्यालयले थप गति लिनेमा आफू विश्वस्त रहेको वडाध्यक्ष आचार्यले बताए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width