विन्ध्यवासिनीका विद्यार्थीलाई स्टेशनरी वितरण तथा सचेतना

आदर्श समाज सम्वाददाता
फागुन १७, २०८०
bag rotary

पोखरा, १६ फागुन । पोखरा २, वरपाटनस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ ।
रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।

सो अवसरमा कक्षा १ देखि ४ सम्मका ६० जना बालबालिकालाई झोला, स्टेशनरी तथा सचेतनाका लागि आयोडिनयुक्त नून वितरण गरिएको थियो ।

साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिनबारे सचेतना दिन फेब्रुअरीभरि विविध कार्यक्रम गरिएको बताए । आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउँदै उनले दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्ने सुझाव दिए । गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो तथा विकलाङ्ग बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने बताए । उनले हावा, पानी र तापको सम्पर्कबाट नून बचाउनुपर्ने सुझाव दिए ।

रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले अहिलेका बालबालिका भविष्यका कर्णधार भएकोले आयोडिनयुक्त नून प्रयोग गरी विकलाङ्ग हुनबाट बचाउनुपर्ने बताए । उनले रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा बोलेका थिए । उनले मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको आवश्यकता औंल्याए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र बाटाजूले विद्यालयको आम्दानीको स्रोत खासै नभएको बताउँदै गरिब वर्गका बालबालिकाको शिक्षाका निम्ति भने रोजाइ थलो बनेको बताए ।

विद्यालयका प्रअ वसन्तराज पाण्डेले सहयोगप्रति आभार व्यक्त गरे । २०२१ माघ २३ गते स्थापना भएको विन्ध्यवासिनी माविमा हाल कक्षा १२ सम्म ६ सय विद्यार्थी पढ्ने गरेको बताए । शिक्षक कर्मचारी २७ जना छन् । प्लस टुमा व्यवस्थापा र शिक्षा संकाय संचालित छ ।

समारोहमा शिक्षासेवी विकल शेरचन, विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्ष प्रेमप्रसाद गुरुङ, शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २८, २०८१
    म्याग्दी ।  राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको…
  • इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा। इन्द्रराज्यलक्ष्मी मावि, लामाचौरको ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । त्यस अवसरमा गण्डकी प्रदेश सरकारको सहयोगमा नवनिर्मित…
  • छुट प्रदान गर्ने सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । दीर्घायु पोखरा हस्पिटल प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा…
  • ‘मुख्यमन्त्रीको पिए हुँ’ भनी ठगी

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । लेकसाइडस्थित एके टुर्स एन्ड ट्राभल्समा गत २० वैशाखमा फोन आयो । ‘म मुख्यमन्त्रीको पिए हुँ’ भन्ने एक अपरिचित…
  • सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गठित समितिले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाएको छ ।…

hero news full width

trending post