लुम्लेको भीरमा ३ दिनदेखि आगलागी

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
lumle

पोखरा । अन्नपूर्ण गाउँपालिका–६, लुम्लेको भीरमा आइतबारदेखि लागेको आगलागी अझैसम्म नियन्त्रणमा आएको छैन । आइतबार दिउँसो स्थानीय गुप्तेभीरबाट सुरु आगलागीले पश्चिममा चन्द्रकोट तथा पूर्वतर्फ दार काट्ने खोल्सो (अष्टेलियन क्याम्प) नजिकैसम्मको भिरालो वन क्षेत्र नष्ट गरिसकेको छ ।

आगलागीकै कारण निर्माणाधीन लान्द्रुक अन्नपूर्ण बृहत् खानेपानी योजनाका लाखै मूल्य पर्ने पाइप, जेनेरेटर तथा अन्य सामग्री जलेर नष्ट भएका छन् । हाल पनि त्यहाँका विभिन्न ठाउँ तथा खरबारीमा आगलागी भइरहेको छ ।

आगो नियन्त्रणमा लिन सयौं स्थानीयवासी, मालेपाटनस्थित सशस्त्र प्रहरी बल, नागडाँडा प्रहरी चौकी एवं नयाँपुल प्रहरी चौकीबाट जनशक्ति खटिएको भए पनि अप्ठेरो भीरका कारण हालसम्म नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष एकदेव देवकोटाले बताए ।

आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width