पोखरा स्पोर्टस् अवार्डलाई साथ

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
nsjf gandaki fagun 16 pic

पोखरा । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई यसपालि पनि साथ दिने भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलाडीको सम्मानका निम्ति बर्सेनि आयोजना गर्दै आएको उक्त अवार्डमा सहयोग लागि मञ्चको टोलीसँग भेटमा उक्त प्रतिबद्धता जनाएको मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।

मञ्च अध्यक्ष बराल नेतृत्वको टोलीसँग प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले अवार्ड सफल पार्न विगतमा झैं सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । यस्तै, पोखराका मेयर धनराज आचार्यले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । उक्त अवार्ड गण्डकी प्रदेशको खेल क्षेत्रको लागि महत्वपूर्ण इभेन्ट भएको र प्राविधिक कारणवश रातो किताबमा समावेश हुन नसकेको भए पनि सहयोग निरन्तर रहने बताएका थिए ।

मञ्चले २०७२ सालदेखि सञ्चालन गर्दै आएको अवार्डमा यसपालि ७ विधामा अवार्ड प्रदान गरिने छ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, खेलकुद संघसंस्था वा क्लब र खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । मञ्चले आगामी वैशाखमा पोखरा सभागृहमा उक्त समारोह गर्दैछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width