घान्द्रुकमा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
ghandruk

पोखरा । अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । त्यहाँ अन्नपूर्ण–२, नौडाँडा स्थित धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा सोमवार वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले वित्तीय अनुशासनमा रहदाँ धेरै कुरा फाइदा हुने उल्लेख गर्दै अर्थको महत्व चिन्नसक्नुपर्ने बताए ।उनले गरिव जनताको पक्षमा गाउँपालिका रहेको स्पष्ट पार्दै गरिव जनतालाई स्वरोजगारसँग जोडिन लघुवित्तले भूमिका खेलेको औँल्याए ।

त्यस अवसरमा पालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, वडा नं. १ का अध्यक्ष तुलसीप्रसाद अधिकारी, १० का अध्यक्ष गौतम गुरुङ, ११ का अध्यक्ष हिमबहादुर गुरुङ, समाजसेवी रणबहादुर मगर, जिल्ला समन्वय समिति सदस्य वालिका सुवेदी, ज्योति विकास बैक घान्दु्रक शाखा प्रवन्धक प्रदीप सोनम लगायतले पनि भनाई राखे।

कार्यक्रममा संस्थाका कार्यवहाक अध्यक्ष हरिप्रसाद शर्मा तथा प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बलले सहजीकरण गरे ।

उनीहरुले अनावश्यक खर्च कटौती गरी बचत गर्ने संस्कारको विकास गर्नुपर्ने उल्लेख गर्दै दुःख पर्दा त्यही बचत काम लाग्ने स्पष्ट पारे । अभिमुखीकरणमा संस्था अन्तर्गत वडा केन्द्र नं. ७, १० र ११ का प्रतिनिधि सहभागी भए ।

केन्द्र नम्बर ७ अध्यक्ष रीता क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शाखा प्रवन्धक मुक्ति सुवेदीले स्वागत तथा संस्थाका सञ्चालक सिर्जना थापाले कार्यक्रम संचालन गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width