पोखरा १३ मा रोजगार मेला

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
kiran

पोखरा १३ का जनप्रतिनिधि

पोखरा । पोखरा १३ मा शुक्रबार जब फेयर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ कार्यालयको आयोजनामा उक्त कार्यक्रम हुने भएको हो ।

वडामा भएका बेरोजगार युवायुवतीलाई लक्ष्य गरी उक्त कार्यक्रम राखिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार जब फेयरमा विभिन्न १२ वटा स्टलबाट रोजगारी सिर्जना गर्ने गरी प्रशिक्षण गराइनेछ ।

वडामा भएका कोही पनि युवा अब बेरोजगार बस्न नपर्ने वातावरण सिर्जना गर्ने उद्देश्य स्वरुप उक्त कार्यक्रम गर्न लागिएको उनले बताए । ‘अहिलेको सबै भन्दा प्रमुख समस्या भनेकै रोजगारी सिर्जना हो । वडामा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिलाउने गरी वडाले जब फेयर कार्यक्रमको अवधारणा अगाडि सारेको हो,’ उनले भने ।

लायन्स र लियो क्लब पोखराको सहकार्यमा उक्त फेयर हुने वडाध्यक्ष बरालले जानकारी गराए । शुक्रबार वडा कार्यालयमा नै बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म उक्त कार्यक्रम राखिएको छ । जब फेयर मार्फत् वडाका बेरोजगार युवाहरुले रोजगार पाउनेमा वडाध्यक्ष आशावादी देखिन्छन् ।

वडाका नागरिकको आयस्तर सुधार्न पनि जब फेयर कार्यक्रम सहयोग बन्ने उनले बताए । भौतिक विकास सँगै आर्थिक विकासमा समेत सुधार ल्याउने ध्येय बमोजिम जब फेयर कार्यक्रम राखिएको उनको भनाइ छ ।

बरालले जब फेयर कार्यक्रममा उपस्थित भएर लाभ लिन वडाबासीलाई आग्रह गरेका छन् । उनका अनुसार उक्त फेयरमा उत्पादनदेखि प्रविधिमैत्री विषयमा जानकारी मिल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width