जिससका पदाधिकारीलाई तालिम

आदर्श समाज सम्वाददाता
फागुन १६, २०८०
dcc

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समिति समन्वयमा जिससका पदाधिकारीलाई सकारात्मक सोचसम्बन्धी तालिम दिइएको छ ।

जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश अध्यक्ष लीलाधर पौडेलले जिल्ला समन्वयका पदाधिकारीको कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले बुधबार प्रशिक्षण दिइएको बताए ।

तालिममा जीवनकला र सकारात्मक सोच, जीवन व्यवस्थापन र कार्यसम्पादनका सीप, सुशासनमा सकारात्मक व्यहारको भूमिका, विकास व्यवस्थापन र सकारात्मक सोच विषयमा प्रशिक्षण दिइएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव नारायणप्रसाद पौडेलले स्वागत गरेका थिए भने सञ्चालन उपसचिव मुना अधिकारीले गरिन् ।

गण्डकी प्रदेशका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय अधिकारी सहभागी प्रशिक्षणको सहजीकरण डा. राजु अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width